२९ कात्तिक, कञ्चनपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार नारायणप्रकाश साउदले वाम गठबन्धनले जति प्रयत्न गरेपनि निर्वाचनमा हराउन नसक्ने बताएका छन ।

मंगलबार कञ्चनपुरको बेदकोट नगरपालिका–९ मा आयोजित चुनावी प्रचारप्रसारका क्रममा बोल्दै उनले निर्वाचनमा नेपाली काँगे्रस निकटका र लोकततान्त्रिक गठबन्धनका उम्मेदवारको विजय निश्चित भएको बताए ।

लोकतान्त्रिक गठबन्धनका पक्षमा जनलहर रहेको उनले बताए । मन्त्री हुँदा र नहुँदा पनि कञ्चनपुरको विकासका लागि सक्दो प्रयत्न गरेको र अझै यसलाई निरन्तरता दिन लागिपर्ने उनले बताए ।

शुक्लाफाँटा नगरपालिकाको मणिकाधामदेखि भीमदत्तनगरपालिकाको ब्रह्मदेवसम्म धार्मिक पदमार्ग निर्माणका लागि कार्य अगाडि बढाइएको उनले बताए । आन्तरिक र बाह्य पर्यटक भित्र्याउनका लागि यस पदमार्गले निकै मद्दत पु-याउने उनको भनाइ रहेको थियो ।

लोकतान्त्रिक गठबन्धनका नेता विनोद विष्टले वैकल्पिक लोकतान्त्रिक शक्तिका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको चर्चा गर्दै यसै कारणले नेपाली काँग्रेसलाई साथ दिएको बताए । उनले नेपाली काँग्रेसले आन्तरिक कलह मिलाउन सके चुनावमा सहज जित हात पर्नसक्ने बताए ।