२६ असोज, काठमाडौं ।

प्रधानमन्त्री शेर बहादुर देउवाले बाम गठवन्धनले नेपालमा तिव्र ध्रुविकरण निम्ताएको आरोप लगाएका छन । गैर आवासिय नेपाली संघका पदाधिकारीका लागी कांग्रेसले बिहीबार काठमाडौंमा गरेको स्वागत कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन ।

प्रधानमन्त्री देउवाले बहुदलिय व्यबस्थालाई विश्वास नगर्नेहरुले गठबन्धन बनाएको भन्दै यसले एकदलिय तानाशाही पैदा हुने धारणा राखे । उनले मुलुकमा कुनैपनि हालतमा अहिले एकदलिय अधियानकवाद आउन नहुने भन्दै यसले जनताको अधिकार खोसिने जिकिर गरे ।

कांग्रेसका सभापति समेत रहेका देउवाले बाम गठबन्धनले कांग्रेसमाथि चूनौती थपिएको भन्दै कांग्रेसमाथिको चूनौति लोकतन्त्रमाथिको चूनौति भएको उल्लेख गरे ।

कार्यक्रममा काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बाम गठबन्धनले फेरी मुलुकमा बिबादको जन्म गराउन खोजेको आरोप लगाए ।

कार्यक्रममा काग्रेस नेताहरुले गैर आवासीय नेपाली संघको सम्मेलनको शुभकामना दिएका थिए ।