२ भदौ, एजेन्सी ।

स्पेनको बार्सिलोनामा भएको आतंकवादी आक्रमणमा १३ जनाको मृत्यु भएको छ । धेरै घाईते भएका छन । मानिसको भिड्भाड भएको ठाउँमा भ्यानको प्रयोग गरी आक्रमण भएको अन्तर्राष्टिय संचार माध्यमले जनाएका छन ।

बार्सिलोनाको लास रामब्लास क्षेत्रमा विद्रोही समूह इस्लामिक स्टेट आइएसले आक्रमणको जिम्मा लिएको दावी गरेको छ । आक्रमणमा संलग्न भएकोे आशंकामा प्रहरीले दुई जनालाई पक्रेको छ ।

एक बिद्रोहीको पनि मृत्यु भएको बताइएको छ । यसैबीच स्पेन प्रहरीले सम्भावित अर्को आक्रमणलाई भने रोकेको जनाएको छ । क्यामब्रिल्समा हुन लागेको आक्रमण रोक्न चार जनालाई मारिएको बीबीसीले जनाएको छ ।