४ जेठ, वालिङ । वालिङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।

१० हजार ६ सय मतसहित काँग्रेसका दिलीपप्रताप खाँण प्रमुख पदमा विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पुण्यप्रसाद अर्यालले ८ हजार ७ सय ४९ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपप्रमुखमा काँग्रेसकी कल्पना तिवारी ९ हजार ८९५ मत ल्याएर विजय भएकी छन भने उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी खगीसरा थापाले ९ हजार ३५७ मत प्राप्त गरेकी थिइन ।

कुल १४ वटा वडा रहेको वालिङ नगरपालिकामा काँग्रेसले प्रमुख र उपप्रमुखसहित सात वटा वडामा विजयी भएको छ भने एमाले पनि सात वडामा विजयी भएको छ ।