२० पुस, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हमेसा उत्साहित नै देखिन्छन । तर प्रचण्ड बेलाबेलामा भावना पनि बहकिने गर्छन । बोल्दा बोल्दै प्रचण्ड सार्वजनिक कार्यक्रममा नै रुने गरेको घटना पनि छन् ।prachanda-smiling-1

प्रचण्डको उत्साहित र आक्रमक भाषणले मानिसहरुलाई तान्ने गर्छ । हमेसा प्रचण्ड उत्साहित देखिन्छन् । जस्तै कठिन अवस्थामा पनि प्रचण्डले आफूलाई निकै संयमित बन्ने गरेका छन् ।

बुधवार प्रधानमन्त्री निवास वालुवाटारमा रिपोर्टस क्लवका अध्यक्ष ऋषि धमला पत्रकारसहित वालुवाटार प्रवेश गर्दा प्रचण्ड सुरुमै मुसमुस हासेका थिए । अनौपचारिक रुपमा प्रचण्ड खुलेर कुराकानी गर्ने गर्छन । वालुवाटमा प्रचण्ड निकै उत्साहित र खुसी देखिए । औपचारिक कुराकानीपछि प्रचण्ड निकै खुलेर प्रस्तुत भए ।

पछिल्लो सर्वोच्चको फैसलाले सबै दलहरुलाई एक ठाउँमा ल्याउने सकारात्मक नै वातावरण बनाएको अनुभुति आफूले गरेको बताए । सर्वोच्च अदालतको निर्णय हुनुभन्दा अगाडि नै यस्तो–यस्तो हुने स्थिति छ है भन्नुभयो, के भन्छन यीनले भनेजस्तो लाग्या थियो, कुरो त आखिरी ऋषि धमलाकै सही सावित भयो, त्यो चाहीँ मलाई विचित्र लागेको छ, भेटमा प्रचण्डले भने ।

हिजोसम्म आईपुग्दा त नेपालको नक्साको चारवटै कर्नरमा म पुगेछु क्या । दोधारा चाँदनी गएँ, अहिलेसम्म कोही प्रधानमन्त्री पनि गएको रहेनछन्, उनले सुनाए । उनले अघि भने,‘पुर्वको पाथीभारा पुगे, चारवटै कर्नरमा पुगेको छु, मेहनत धेरै गरियो, तर परिणाम, सकारात्मक परिणाम आउने क्रम त बढिरहेको छ, हुन त राम्रो काम कसैले गर्यो भने यहाँ खुट्टा तान्ने प्रवृत्ति छ, त्यसको बीचमा पनि कोशिस भैरहेको छ ।