१४ भदौ, काठमाडौं ।
प्रमुख राजनीतिक दलहरुबीच सहमति जुटाउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको पहिलो बैठकमा नै अपत्यारिलो घटना घटेको छ ।Three party meeting PM prachanda 11253821

सहमति र सहकार्यलाई अगाडि बढाउन चाहेका प्रधानमन्त्री प्रचण्डले सोच्दै नसोचेको विषयले बैठकमा प्रवेश पाएर हानाहान नै हुने अवस्था सृजना भएपछि बैठक नै स्थगित गर्ने अवस्था सृजना भयो ।

संविधान संशोधन, संविधान कार्यान्वयन, स्थानीय निकायको पुर्नसंरचना लगायतको विषयमा एजेण्डा बनाएर प्रधानमन्त्री प्रचण्डले बुँदागत रुपमा छलफल गर्ने तयारी गरेका थिए । औपचारिक कुराकानीमा उप्रधानमन्त्री एवं गृह मन्त्री विमलेन्द्र निधि र नेकपा एमालेका उपाध्यक्ष भीम रावलबीचको रस्साकस्सी र भनाभनले सबै नेताहरुलाई नमिठो बनायो ।

दुई नेताको सबाल जवाफ र आरोप प्रत्यारोपलाई लज्जित मात्र बनाएन एका अर्कालाई छुटयाउन पर्न परिस्थितिको सृजना हुँदा प्रधानमन्त्री प्रचण्ड निकै गम्भीर र भावुक बनेका थिए ।

बैठकमा एमालेको आक्रामक भएपछि….

मंगलवारको बैठकको सुरुवातमा नै एमालेका नेताहरु निकै आक्रामक रुपमा प्रस्तुत भएका थिए । एक महिना अघि सरकारको नेतृत्व छोडनु परेको आक्रोश पनि एमालेका नेताहरुमा सहज रुपमा देखियो, बैठकमा सहभागी कांग्रेसका एक नेताले भने ।

‘एमाले सहमति र सहकार्यबाट अहिलेको समस्याको निकास भन्दा पनि भएको सहमति विथोल्ने गरी प्रस्तुत भयो’ ती नेताले भने,‘सरकार छोडनु परेको कुष्ठा र आक्रोश देखियो, समस्याप्रति गम्भीर होइन ।’

धेरै बैठकमा संयमता अपनाउदै सबैलाई मिलाएर अगाडि बढ्ने भूमिका निर्वाह गर्दै आएका उपाध्यक्ष रावललाई निकै आक्रामक रुपमा देखेपछि एमालेले सहयोग भन्दा पनि वातावरण विर्गाने नियतको साथ देखा परेको निष्कर्ष प्रधानमन्त्रीले निकालेको उनको सचिवालयले बताएको छ ।