काठमाडौँ, २५ माघ ९ ः राष्ट्रिय समाचार समिति ९रासस० कर्मचारी सङ्घले हरेक वर्ष प्रदान गर्दै आएको ‘वासु रिमाल यात्री स्मृति पुरस्कार’ यस वर्ष समितिका अन्तर्राष्ट्रिय समाचार सम्पादन शाखाप्रमुख सोमनाथ लामिछाने र सङ्घका पूर्वअध्यक्ष केशव खत्रीलाई प्रदान गर्ने निर्णय गरेको छ । 

सङ्घको बुधबार बसेको बैठकले उक्त पुरस्कार उहाँहरुलाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष मनोजकुमार लामिछानेले जानकारी दिनुभयो । पुरस्कारको राशि जनही रू पाँच हजार एक र सम्मानपत्र रहेको छ । 

सम्पादक लामिछाने विगत २४ वर्षदेखि राससमा समाचार सङ्कलन, समाचार सम्पादन र प्रशासन प्रमुख भई सेवा गरिसक्नुभएको भने चालक खत्री २३ वर्षदेखि सवारी चालकको रुपमा कार्यरत हुनुहुन्छ । 

उक्त पुरस्कार राससको आगामी फागुन ७ गते ५८ औँ वार्षिकोत्सवको अवसरमा प्रदान गरिनेछ । राससमा लामो समय सेवा गर्नुभएका यात्रीको स्मृतिमा रासस कर्मचारी सङ्घले २०६६ सालमा उक्त पुरस्कार स्थापना गरेको थियो । 
––– 
रासस