वास्तु शास्त्रका अनुसार नूनले खाने कुरालाई स्वादिलो बनाउने मात्र होइन यसको प्रयोगबाट जीवनमा नै सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ।

नुनबाट गर्न सकिने ७ चामत्कारिक काम (भिडियो सहित)

नुनमा हुने अदभुत शक्तिले घरमा सकारात्मक उर्जा पैदा गर्ने वास्तु शास्त्रको भनाइ छ ।

नुनले घरमा कसरी सकारात्मक उर्जा ल्याउँछ ?

१- वास्तु शास्त्र भन्छ घरमा नुनको प्रयोगले नकारात्मक उर्जा नष्ट हुन्छ । परिवारको कुनै सदस्यलाई कसैको नजर लागेमा एक चिम्टी नुन त्यस्तो ब्यक्तिको शिरमाथि घुमाएर पानीमा बगाइदिएमा यस्तो दोष मेटिन्छ । यो मानिसहरुको स्वागतका लागि पनि प्रयोग गर्न सकिन्छ ।

gold and salt

२- वास्तु दोष हटाउनका लागि काँचको कचौरामा नुन राखेर शौचालय वा वाथरुममा राख्दा घरमा सकारात्मक उर्जा जम्मा हुन सक्छ । शौचालय र स्नान गृहमा नकारात्मक उर्जा जम्मा हुने हुँदा नुनले यस्तो उर्जालाई निषेध गर्ने वास्तु शास्त्रको भनाइ छ ।

३- काँचको कचौरामा केही मात्रामा नुन राखेर घरको कुनै कुनामा राखिदिनुस् । यसले पुरै घरमा सकारात्मक उर्जा प्रभाहित हुन्छ । यसरी राखिने नुनले राहु, केतुको दशा समेत मेटाउँछ । यसरी नुन राख्दा मनमा उत्पन्न हुने नकारात्मक विचार निषेध हुन्छन् ।

salt

४- ढिक्के नुनलाई रातो कपडामा बेरेर घरको मुख्य द्वारमा राख्दा घरमा नकारात्मक उर्जा प्रवेश गर्न नपाउने वास्तु शास्त्रको भनाइ छ । यस्तो नुनलाई आफ्नो कार्यस्थल वा ब्यापारिक स्थलमा पनि राख्न सकिन्छ ।

वास्तु शास्त्र भन्छ- घरमा यी ८ चिज कहिल्यै नराख्नुस्

५- रात्रिकाल अघि नै पानीमा एक चुट्की नुन मिलाएर हात खुट्टा धुँदा चिन्ताबाट मुक्त हुने वास्तु शास्त्रको भनाइ छ । यसो गर्दा निद्रा र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने मानिन्छ ।

salt 1

६- घरमा रक सल्ट ल्याम्प राख्दा पनि सकारात्मक उर्जा पैदा हुन्छ । वास्तुका अनुसार यो विधिले घरमा शान्ति अमन चयन र समृद्धी बढ्छ । रोगको पनि नाश हुन्छ ।

घर बनाउँदा जान्नै पर्ने ९ वास्तु सुचक

७- हप्तामा एक पटक नुन मिसिएको पानीले बच्चालाई स्नान गराइदिनु पर्छ । यसो गर्दा कसैको नजर नलाग्ने वास्तु शास्त्रको भनाइ छ । नुन पानीले स्नान गराएको बच्चालाई स्वास्थ्य समस्या पनि कम हुने वास्तु शास्त्रको भनाइ छ ।