बिष्णु पौडेल 

यतिखेर देशभरकै पत्रकारहरुलाई महासंघको चुनावी रौनकताले छोएको छ । जिल्ला जिल्लामा पत्रकारहरुको चुनावी सरगर्मी बढेको छ । कतै सहमति भएको छ त कतै निर्वाचन ।

लेखक

दिनुहुँजसो जिल्लामा पत्रकारहरुको नयाँ नेतृत्व चयन भएको समाचारहरुले सामाजिक सञ्जाल पोतिएका छन् । हाम्रो समूहको व्यक्तिले चुनाव जितेको छ भन्दै अविरमाला लगाएर बधाईको ओइरो आउँछ । पार्टीका उच्च नेताहरुले शुभकामना दिन तछाडमछाड गरिरहेका छन् । आफ्नो पार्टीको नेताले संसदको चुनाव जिते जस्तै शुभकामना सहितका पुष्पगुच्छाहरु तस्वीर भरी लगाइन्छ । अनि लेखिन्छ स्वतन्त्र पत्रकारितामा तपाईको कलम सधै चलिरहोस !

अझै भनौ फलानो, फलानो पार्टीका पत्रकार मिलेर क्लीनचिट नै भयो । विपक्षी पार्टीका पत्रकारले एउटा पदमा पनि जित निकाल्न सकेनन् । फुटवल, क्रिकेट जस्तो क्लिनचिट र हारलाई मज्जाले व्याख्या गरेको देख्न पाइन्छ, मेरो पत्रकारितामा !

दिनुहुँजसो जिल्लामा पत्रकारहरुको नयाँ नेतृत्व चयन भएको समाचारहरुले सामाजिक सञ्जाल पोतिएका छन् । हाम्रो समूहको व्यक्तिले चुनाव जितेको छ भन्दै अविरमाला लगाएर बधाईको ओइरो आउँछ ।

पार्टीका उच्च नेताहरुले शुभकामना दिन तछाडमछाड गरिरहेका छन् । आफ्नो पार्टीको नेताले संसदको चुनाव जिते जस्तै शुभकामना सहितका पुष्पगुच्छाहरु तस्वीर भरी लगाइन्छ । अनि लेखिन्छ स्वतन्त्र पत्रकारितामा तपाईको कलम सधै चलिरहोस !

लोगोसहित पार्टीको लेटरप्याडमा कोरिएका शुभकामनाका सुन्दर शव्दहरु । जय पत्रकारिता !

तर अनौठो के छ भने फलानो पत्रकारले चुनाव जित्यो भनिदैन । फलानो पार्टीको भगिनी संगठनको नाम जोडिएर आउँछ । प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार संघ यस्तै यस्तै नामबाट पत्रकारहरुको पार्टी सञ्चालन भएको छ । पत्रकारितालाई राजनीतिक आस्थासँग जोडेर स्वतन्त्र कित्तामा उभ्याइनु कत्तिको जायज होला ?

प्रश्न यत्तिमा सीमीत हुदैन र छैन पनि । पार्टीका खोल ओढेर गरिने पत्रकारिताले समाजमा कस्तो असर पारेको छ ? अव सोचनिय विषय हुनुपर्छ ।

पत्रकारले बोलिदिए, लेखिदिए हुन्थ्यो, अन्याय विरुद्द लडिदिए हुन्थ्यो भन्ने एउटा अधिकार विहिन जमात छ जो आफै अन्यायमा परेको छ । तर वोल्न सक्दैन । लड्न सक्दैन । हो त्यहि वर्गको न्यायको वकालत पत्रकारले गर्न सक्नुपर्छ । त्यो वकालत राजनीतिक पुर्वाग्रहरहित हुनसक्नु पर्छ  ।

पत्रकारलाई भगिनी संस्था बनाउने पहिलो काम देशकै सबैभन्दा ठूलो पार्टी नेपाली काग्रेसले गर्यो । अनि एमाले, माओवादी, मदेश केन्द्रित दल सबैले काग्रेसकै नक्कल गरे । जिल्ला जिल्लामा पार्टीका पत्रकार खडा गरियो ।

नेताहरुलाई प्रचारमा आउन निक्कै सजिलो भएको छ अचेल, जिल्ला छिर्दा वित्तिकै पत्रकार सम्मेलन । त्यो पनि एयरपोर्टकै विशेष कक्षमा । त्यसको आयोजना गर्छ जुन नेता आउछन् उनकै पार्टीले ।

राजनीतिक आडम्बर भित्र रहेर गरिने पत्रकारिताले के सत्य उजागर गर्न सक्ला ? कुनै दलको खोल ओढेर समचार कक्षमा चलाइने कलमले आम पाठकलाई सहि सुचना दिन सक्ला !?

राजनीतिक छत्रछायाँमा गरिने पत्रकारिता हिजोआज बढ्दै गएको छ । स्वतन्त्र पत्रकारहरुको योगदानलाईभन्दा पार्टीगत पत्रकारिताको योगदानलाई तिनै राजनीतिक दलको आसेपासेहरुले उच्च मुल्याकन गर्दै वरिष्टताको उपनाम दिने प्रचलन बढ्दो छ ।

केहि समययता राजनीतिक खोल ओढेर, व्यापारिक उद्देश्य बोकेकाहरुको निष्पक्ष पत्रकारिता हावी हुदै गएको छ । पत्रकार साच्चिकै पत्रकारभन्दा पनि कार्यकर्ता भएका छन् । सिमित बाहेक धेरै पत्रकार कार्यकर्ता पत्रकारको झुण्ड बन्दै गएका छन् । त्यसैले हुनसक्छ जिल्ला जिल्लामा रहेका पत्रकार महांसंघको कार्यलयमा सदस्यता सुद्दीकरण भन्दै कतै आन्दोलन कतै तालाबन्दी गरिएको छ । व्यापारी, दलका कार्यकर्ता पत्रकार महांसंघको सदस्य भएका धेरै उदाहरण छन् ।

पत्रकारलाई राज्यले चौथो अंगको संज्ञा दिएको छ । यो हचुवांको भरमा दिइएको होइन । यस भित्रको कारण पत्रकारहरुले समाज परिवर्तनका लागि खेल्ने भूमिकालाई आंकलन गरिदिइएको जिम्मेवारी हो । तर हिजोआज पत्रकार, मिडिया माथि नै प्रश्न खडा हुन थालेको छ । मिडियाको भूमिका गैर जिम्मेवारी बन्दै गएको छ । नेपालमा यसको उदाहरण दिइरहन जरुरी छैन्, प्रसस्तै भेटिन्छन् ।

पछिल्लो समय अमेरीकामा भएको राष्ट्रपतीय निर्वाचनमा मुलधारका मिडियाहरुले हिलारी क्लिन्टनको पक्षमा अभियान नै चलाएर यसको पुष्टि गरे । जवरजस्त आम मानिसमा भ्रम छरेको बीबीसी, सिएनएन, न्युयोर्क टाइम्स लगायतका मिडियालाई आरोप समेत लाग्यो ।

अर्काे रोग युरोपमा फेक आइडी खोल्यो, पत्रकार हुँ भन्यो, जे मन लाग्यो त्यहि लेख्यो अनि धम्क्यायो । यसको बारेमा विस्तृतमा पछि लेखौला, अहिलेलाई मात्र प्रसंग जोडेको ।

राजनीतिक रुपमा धब्वा लागेका मानिसको प्रवेश निषेध गरिनुपर्छ । राजनीतिक तथा व्यापारिक कुण्ठा भित्र पत्रकारिताको धर्म मौलाउन सक्दैन । योसंगै एउटा पत्रकार स्वतन्त्र पत्रकार भएर समाजमा बाँच्न सक्नु अहिलेको अर्काे चुनौतीको बिषय हो । म पत्रकार हुं भनि सामाजमा स्वतन्त्र पहिचान बनाउन सक्नुपर्छ । म आफू स्वयं पत्रकार भएको नाताले मैले देखेको र भोगेको पत्रकारितामा स्वतन्त्र पत्रकारहरुको संख्या दिनानुदिन घट्दो अबस्थामा देख्छु ।

भारतीय पत्रकार विनोद मेहताले पत्रकारहरुले जहिले पनि राजीनामा पत्र गोजीमा बोकेर हिड्नुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए । उनको आशय थियो पत्रकारहरु जहिले पनि स्वतन्त्र हुनुपर्छ । यतिमात्र होइन, उनले एक सार्वजनिक कार्यक्रममा आफू सबैभन्दा बढि जागिर गुमाउने पत्रकारका रुपमा दावी समेत गरे ।

बाहिर जुन राजनीतिक आस्थासँग सम्बन्धित भए पनि सम्पादक कक्षमा जुत्तासंगै राजनीतिक मनोभावनालाई चटक्क छोडेर कलम चलाउनुपर्छ । के साच्चिकै मेहताले भने जस्तै, अनुभब गरे जस्तै हामी पत्रकारहरु स्वतन्त्रताको नाममा गोजीमा राजीनामा लिएर हिड्न सकौंला त ?

नेपालमा स्वतन्त्र पत्रकारहरु नभएका होइनन् तर ती श्रमजिवी पत्रकारका बारेमा बोल्ने महांसंघको नेतृत्वमा पुग्न सक्दैनन् । कुनैपनि राजनीतिक पार्टीको भगिनी संस्थामा नभएका पत्रकारहरुले सामान्यतया एक्लो महशुस गर्नुपर्छ । अन्यथा काम पाउन पनि मुस्किल पर्छ । अन्नपुर्ण पोष्टका पत्रकार सुर्यप्रकास कंडेल भन्छन्, ‘पत्रकारितामा पत्रकारिताभन्दा पनि पार्टीकारीता बढी छ ।’

नेपाल पत्रकार महांसंघ सवै पत्रकारहरुको साझा संस्था हो । महासंघले समाजले पत्रकारलाई हेर्ने दुष्टिकोणको के हो ? त्यसको आंकलन गर्न जरुरी छ । अधिकाशं मिडिया राजनीतिक हस्तक्षेपका आधारमा चल्छन् भन्ने तितो यथार्थतालाई चिर्न सक्नुपर्छ । त्यसका लागि महासंघसंग आवद्द पत्रकारहरु राजनीतिक पुर्वाग्रहबाट टाढा रहन सक्नुपर्छ । ताकि कलम चलाउने बेलामा निष्पक्षता प्रस्तुत गर्न सकियोस् ।

एउटा पत्रकारलाई समाजले हेर्ने दुष्टिकोण फरक हुन्छ । ऊ आम नागरिक हो । तर समाजले त्यो भन्दैन । अझै पनि पत्रकारलाई न्यायलयसँग दाज्ने समाज हाम्रै वरपर छ । पत्रकारले बोलिदिए, लेखिदिए हुन्थ्यो, अन्याय विरुद्द लडिदिए हुन्थ्यो भन्ने एउटा अधिकार विहिन जमात छ जो आफै अन्यायमा परेको छ । तर वोल्न सक्दैन । लड्न सक्दैन । हो त्यहि वर्गको न्यायको वकालत पत्रकारले गर्न सक्नुपर्छ ।

त्यो वकालत राजनीतिक पुर्वाग्रहरहित हुनसक्नु पर्छ । पार्टीको गन्ध आउने पत्रकारिताले सामाजिक उत्तरदायित्वलाई बुझ्न सक्दैन । यसलाई मनन गर्न सकिएन भने पत्रकारिता पत्रकारिता हुदैन । पत्रकारिता आवाज विहिनहरुको आवाज शव्द विहिनहरुको शब्द हुन सक्दैन ।

पत्रकार महासंघ स्वतन्त्र संगठन हुसक्नु पर्छ । न कि पैसा तिरेर पत्रकार महांसघको सदस्यता पाइयोस् । राजनीतिक रुपमा धब्वा लागेका मानिसको प्रवेश निषेध गरिनुपर्छ ।

राजनीतिक तथा व्यापारिक कुण्ठा भित्र पत्रकारिताको धर्म मौलाउन सक्दैन । योसंगै एउटा पत्रकार स्वतन्त्र पत्रकार भएर समाजमा बाँच्न सक्नु अहिलेको अर्काे चुनौतीको बिषय हो ।

म पत्रकार हुं भनि सामाजमा स्वतन्त्र पहिचान बनाउन सक्नुपर्छ । म आफू स्वयं पत्रकार भएको नाताले मैले देखेको र भोगेको पत्रकारितामा स्वतन्त्र पत्रकारहरुको संख्या दिनानुदिन घट्दो अबस्थामा देख्छु ।

६ दशकभन्दा लामो नेपाल पत्रकार महांसघको इतिहास छ । तर यो कहिल्यै राजनीतिक हस्तक्षेपरहित हुन सकेन । पत्रकारको आवरणमा अहिले भइरहेको स्वतन्त्र पत्रकारिताको नारा राजनीतिक क्लवकै अंग हो ।

सिधा भन्नुपर्दा पत्रकारहरुको स्वतन्त्रताको बाकसको चावी घुमाई फिराई दलहरुको गोजीमा पुगेको छ । जसको परिणाम श्रमजिवी पत्रकार ऐन २०६४ अझै कार्यान्वयन भएको छैन ।

अन्त्यमा आशा गरौं स्वतन्त्र पत्रकारहरुको अस्तित्व हराउँदै गएको यो अबस्थामा पेशालाई अझ मर्यादीत र कलंकित दाग हटाउन आगामी निर्वाचन सफल होस, मात्र कामना ।