६ जेठ, जाजरकोट .
वडा सदस्य निर्वाचित भएको भन्दै विजयोत्सव र भोज गरेका दुई व्यक्तिको खुसी एक दिन पनि टिक्न पाएन ।

भेरी र त्रिवेणी नलगाड नगरपालिकाको वडा सदस्यमा उनीहरुको नाम भुलवस पर्न गएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले नयाँ नाम घोषणा गरेको छ ।

बुधबार भेरी नगरपालिका २ को खुला वडा सदस्यमा माओवादी केन्द्रका बलराम ओली विजयी घोषित भएका थिए ।

तर त्यसको भोलीपल्टै मत संख्या जोड्दा गल्ती भएको भन्दै कार्यलयले माओवादीकै पूर्णबहादुर खत्रीलाई विजयी घोषित गर्यो । खत्री भन्दा ओली २ मतले पछि रहेछन् ।  आजको कान्तिपुरमा खबर छापिएको छ।