२९ वैशाख,काठमाडौं ।

एमाले र एमाओवादीबीच नौ बुँदे सहमतिले थापिएको केपी ओली नेतृत्वको सरकारले आज कुटनीतिक नियोगका प्रतिनिधिहिरुलाई बोलाएर ब्रिफ्रिङ गर्ने भएको छ ।

सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि प्रधानमन्त्री ओलीले आज दिउसो होटल याक एन्ड यतिमा कुटनीतिक निकायका प्रतिनिधिहरुलाई देशको विकसित राजनीतिक अवस्थाको बारेमा जानकारी गराउने भएका छन् ।

Oli Press Meet

फाइल तस्विर

सरकार ढाल्ने एमाओवादी र प्रमुख प्रतिपक्ष दल कांग्रेसको योजना असफल भएपछि प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग छलफल गर्न लागेका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले समसामहिक विषयमा छलफल गर्न लागेको बताए ।

भारतले नचाहे सम्म चुनाव हुँदैन, २२ हजार कर्मचारी भारतको तलव खान्छन् – विजुक्छे

एमाओवादीले सरकार फेर्ने निर्णय सच्याउदै नौ बुँदे सहमति गरे लगत्तै सरकारले तय भइसकेको राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमण स्थगित गर्नुको साथ भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

संसदमा प्रचण्डको चेतावनी – देश दुर्घटनामा जाला

नेपाल र भारतबीच चिसोपना देखिएको बेला प्रधानमन्त्री ओलीले समसामहिक विषयमा अन्तराष्ट्रिय जगतलाई जानकारी गराउने भएका छन् । कांगे्रेसको समर्थनमा सरकार ढाल्न लागेको एमाओवादीले रातारात निर्णय सच्चाएर यही सरकारले निरन्तता पाउने भएपनि पुनः सरकार ढाल्ने खेल सुरुभएको छ ।