१६ वैशाख, काठमाडौं ।
सरकारले संसदमा संविधान संशोधन विधेयक पेश गरेपछि संसदमा रहेका एक सिटे दलबीच कार्यगत एकता भएको छ । सरकार र प्रतिपक्ष दलसँग बार्गेनिङ गर्न राजधानीको एक होटलमा बैठक जारी छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्ज थरुहटकी सांसद रुकमिणी चौधरीले संविधान संशोधनको बारेमा छलफल गर्न साना दलहरुको बीचमा कार्यगत एकता गर्ने विषयमा छलफल भइरहेको नेपाली हेडलाइन्सलाई बताइन ।

उनले भनिन–संविधान संशोधनमा साझा धारणा बनाउन छलफल थालेका छौं ।’ उनका अनुसार छलफलमा नेपाली जनता दलका अध्यक्ष समेत रहेका सांसद हरिचरण शाह, खम्बुवान राष्ट्रिय मोर्चा नेपालका सांसद रामकुमार राई लगायतका दलहरुको बीचमा छलफल भइरहेको छ ।