१३ भदौ, काठमाडौं ।

संविधानको संसोधित विधेयक माथिको छलफल आज सकिने भएको छ । सभासद्को बोल्ने क्रम सकिएसँगै संविधान निर्माणको काम नयाँ चरणमा प्रवेश गर्नेछ । विधेयक माथि अहिलेसम्म ३ सय ९३ जनाले बोलिसकेका छन् । बोल्नका लागि नाम टिपाएका थप ६० जना सभासद्ले आज बोलिसके पछि सभासद्लाई संसोधनको समय दिइनेछ । संसोधन प्रस्ताव दर्ता गर्नका लागि आजैदेखि लागू हुने गरी ७ दिनको समय निर्धारण गरिएको संविधानसभा सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए ।

CA Meeting leaders

सभासद्ले पार्टीगत नभई व्यक्तिगत रुपमा मात्र संसोधन हाल्न पाउनेछन् । प्राप्त संसोधनलाई एकीकृत गर्ने काम सचिवालयले गर्नेछ । त्यसका लागि दुई दिन दिने तयारी छ । त्यसपछि संसोधन प्रस्ताव माथि दफावार छलफल गरी हरेक धारा उपधारा पारित गर्ने प्रकृया शुरु हुनेछ ।

दुई तिहाई बहुमतले संसोधन प्रस्ताव पारित गरे पछि अन्त्यमा दुई तिहाईको मतदानद्धारा एकीकृत मस्यौदा पारित गरिनेछ । बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ ।