‘पासवर्डमा नै आफ्नो अनुहार राख्न मिल्ने! तपाइ अगाडी नआएसम्म तपाइको कम्प्युटर अब अन्यले खोल्न असम्भव’ 

-कुशल श्रेष्ठ

यदि तपाईँले छुटाउनुभएको भए, माइक्रोसफ्टले केहि महिना अगाडि ‘विण्डोज १०’ रिलिज गरेको थियो। यस अपरेटिङ्ग सिस्टममा भएका धेरै सेवा तथा सुविधाहरूमध्ये सबैभन्दा रोचक सेवा भनेको ‘विण्डोज हेल्लो’ (Windows Hello) हो, जसले विण्डोज १० भएका डिभाइसहरूमा अझ बढी व्यक्तिगत तरिकाले लग इन गर्न मद्दत गर्दछ।windows 10 hello (1)

विण्डोजमा केवल पासवर्डले लग इन गर्नुको सट्टा, विण्डोज हेल्लोले व्यक्तिको अनुहार र औँठाछापलाई प्रयोग गरेर आफ्नो कम्प्युटर अथवा मोबाइललाई अझ बढी सुरक्षित गराउन पनि मद्दत गर्दछ। तर त्यसको लागि तपाईँको कम्प्युटरमा उक्त सफ्टवेयरलाई चाहिने सहि हार्डवेयर भने जडान भएको हुनुपर्दछ। औँठाछापलाई त कसैले नि झुक्क्याउन सक्दैन, तर ‘अनुहार पहिचान’ (Facial Recognition) गर्ने सिस्टमलाई धेरैले झुक्क्याउने गर्दथे, जसले गर्दा अनुहार चिन्नेसक्ने यस्ता सफ्टवेयरहरु त्यति भरपर्दा थिएनन।

तर यस विण्डोज हेल्लोको अनुहार पहिचान गर्ने सिस्टममा ‘इन्टलको रियलसेन्स क्यामेरा’ (Intel’s RealSense Camera) को प्रयोग भएको छ। यसले निकै कुशलतापुर्वक मानिसको अनुहार चिन्न सक्ने बताइन्छ।twin girls

उस्ताउस्तै अनुहार भएकाहरूलाई विण्डोज हेल्लोले चिन्न सक्छ कि सक्दैन त भनेर अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले एक परीक्षण गरेका थिए। उनीहरूले ६ जोडी जुम्ल्याहा मानिसहरुको मद्दतबाट उक्त परीक्षण गरेका थिए।

जुम्ल्याहको संङ्ख्या संसारमा निकै कम छ। तापनि यो अनुसन्धानको आफ्नै महत्व छ। उस्तै अनुहार हुने जुम्ल्याह व्यक्तिहरुलाई पनि विण्डोजको यो सफ्टवयेरले चिन्नसक्छ कि सक्दैन भनि परिक्षण गरिएको थियो। जुम्ल्याहा मध्ये कुनै एकको लगइन एकाउन्ट बनाएर क्यामेराको अगाडी अर्को जुम्ल्याह बस्दा यो सफ्टवयरले लगइन गर्न मानेन। जुम्ल्याहनै भएपनि एउटा को एकाउन्टमा अर्को ले लगइन गर्न नसक्ने देखिदा मानिसले झै यो सफ्टवेयरले अनुहार राम्रोसंग चिन्न सक्ने देखिएको थियो।

“विन्डोज हेल्लोले कुनै कुनै बेला जुम्ल्याहालाई चिन्न समय लगाएतापनि, यो एकचोटी पनि झुक्किएन। इन्टेल र माइक्रोसफ्टलाई मान्नै पर्छ।”, अनुसन्धानकर्ता ‘क्रिस ग्रिफिथ’ले भने।

दुई जनाको तस्बिर राखेर  विन्डोज हेल्लोको एकाउन्ट बनाउने हो भने पछि लगइनगर्दा क्यामेराको अगाडी कुनै एक व्यक्ति भएपनि लग इन गर्न मिल्छ।

विन्डोज हेल्लोको यस्तो अद्भभुत तस्बिर चिन्न सक्ने सफ्टवेयरले कम्प्युटर तथा मोबाइलको सुरक्षामा एक ठुुलो फड्को मारेको छ। यो सिस्टमको प्रयोगले तपाइ आफै अगाडी नआएसम्म तपाइको मोबाइल वा कम्प्युटर कसैले खोल्न वा चलाउन नसक्ने बनाउन सक्छ।windows 10 hello (2)

माइक्रोसफ्टका अनुसार, विण्डोज हेल्लो सिस्टम र इन्टेलको रियलसेन्स क्यामेराले ३ वटा भिन्नाभिन्नै लेन्सको प्रयोग गर्दछ, जसले तापक्रम र गहिराई पत्ता लगाउँदछ। यसको गल्ती गर्ने दर भनेको १ लाख चोटीमा १ चोटी मात्रै हो, र यदि यो तपाईँहरूको लागि उचित छैन भने, पहिलेकै पासवर्ड सिस्टममा लाग्न सक्नुहुन्छ। तर यदि पासवर्ड राख्नुभयो भने ह्याक हुन नसक्ने गरि राख्नुहोस्, अरू जे भएपनि, ‘PASSWORD‘ र ‘123456789‘ चाहिँ राख्दै नराख्नुहोस्।