१४ बैशाख, काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न विपक्षी नौ दलीय गठबन्धनको बैठक अहिले बसिरहेको छ ।

नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको बैठकमा संविधान संसोधन प्रस्ताव कसरी असफल पार्ने भन्ने विषयमा छलफल केन्द्रित रहेको एक नेताले जानकारी दिए ।

एमालेले संसोधन प्रस्तावको प्रक्रियामा अवरोध नगरेपनि कुनै हालतमा पास हुन नदिने निर्णय गरेको छ । विपक्षी गठबन्धनका नेताहरुसँगको छलफलपछि संसदमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय हुने बताइएको छ ।