१३ असार, काठमाडौं ।

विप्लव नेतृत्वको विद्यार्थी संगठनको आव्हानमा आज काठमाडौं उपत्यकाका निजी विद्यालय बन्द गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले मनोमानी शुल्क वृद्धि खारेजीको माग गर्दै निजी विद्यालय बन्दको आव्हान गरेको हो ।

गत बैशाख १५ गते भएको वार्तामा शुल्क वृद्धि खारेज गर्ने, अशुल गरिएको शुल्क १५ दिन भित्र अभिभावकलाई फिर्ता गराउने, शिक्षा क्षेत्रका विकृती–विसङ्गती नियन्त्रण गर्न अनुगमन गर्ने सहमति भएपनि कार्यान्वयन नभएको भन्दै बन्द आव्हान गरिएको संगठनले जनाएको छ ।

मन्टेश्वरीका नाममा लुट मच्चाउने, कन्सल्टेन्सीको नाममा देशको जनशक्ति र पूँजी विदेश पलायन गराउने, विदेशी विश्वविद्यालयका नाममा नेपालका विश्वविद्यालयलाई धरासायी र कमजोर पार्ने तथा चिकित्सा शिक्षामा भएको चरम लुट अन्त्य गर्नुपर्ने संगठनको माग रहेको केन्द्रीय सचिव तथा संयोजक रामबहादुर विकले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।