२२ साउन, काठमाडौं ।

नेत्रविक्रम चन्द बिप्लवले नेतृत्व गरेको नेपाल कम्यूनिष्ट पाटीका ४ सय ५० जना नेता, कार्यकर्ताहरुले संयुक्त रुपमा आज पार्टी परित्याग गरेका छन् । रफत सञ्चार क्लव भक्तपुरमा पत्रकार सम्मेलन गरी उनीहरुले संयुक्त रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

जनयुद्धको लक्ष्य विपरित पछिल्लो समय मनोगतबादी चिन्तन, अकर्मण्यताबाद, गोलचक्करबादी कार्यदिशा, दिशाहिन आन्दोलन लगायतका क्रियाकलाप पार्टी भित्र बढ्दै गएको कारण आफूहरुले संयुक्त रुपमा पाटी परित्याग गरेको अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघका केन्द्रीय संयोजक युवराज आचार्यले बताए ।

उनले भने पार्टीले पछिल्लो समयमा आफ्नो उदेश्यलाई भूलेर जसरी परिवर्तवनको बाटो अंगालेको छ नेतृत्व पंत्तिले कार्यकर्तामाथि घात गरेकै कारण आफूहरुले पार्टी परित्याग गर्नु परेको बताए ।

आचार्य सहित नेपाल कम्युनिष्ट पाटी इलाका ४ ईञ्चार्ज जोवान तामाङ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका भक्तपुर जिल्ला अध्यक्ष बिक्रम आचार्य लगायतका जिल्ला तहका ४ सय ५० नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।