१५ असार, काठमाडौं ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

प्रचण्ड, ओली र देउवाबीच सहमति- ओलीले संबोधन गर्दै

एनसेल टावर आक्रमण प्रकरणमा पक्राउ परेका कार्यकर्ता रिहाइ गर्न दवाव दिने उद्धेश्यले विप्लव माओवादीले विहीबार देशभरका प्रशासन कार्यलय सहित प्रधानमन्त्री कार्यालयमा पनि ज्ञापन पत्र बुझाउने तयारी गरेको हो ।

Biplav Khulla manch

यस अघि नेत्र विक्रम चन्दले आफूहरुमाथि दमन भए कडा प्रतिकार गर्ने चेतावनी दिएका थिए । आफूहरुले जुनसुकै टावर ध्वस्त पार्न सक्ने भन्दै विप्लवले दमन भए प्रतिकार गर्ने चेतावनी उनको छ ।

विमानस्थल आक्रमणः ३८ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

केही दिन अघि सामाजिक सञ्जाल फेसबुकमा कडा स्ट्याटस लेख्दै विप्लवले सरकारको जग गद्दारी, चाकडी, कालोबजारी र लुटको जगमा उभिएको आरोप लगाउँदै आफूहरु जुनसुकै टावरहरु ध्वस्त पार्ने क्षमता राख्ने चेतावनी दिएका थिए ।

चिनियाँ मिडियाले भन्यो- भारत पाखण्डी, भारतीयहरुलाई पाठ सिकाउनु पर्छ

समय विप्लव माओवादीले एनसेलका टावरहरु ध्वस्त पार्ने श्रृंखला चलाएको थियो ।