२८ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को मुख्य प्रांगणमा एकपछि अर्को गर्दै महंगा मोटरसाइकल र चिल्ला गाडी पार्किङ हुँदै थिए। यो क्रम लगभग एक घन्टासम्म चल्यो। १२ बजेर १५ मिनेटमा कालो गाडीमा ड्राइभर सिटबाट हाल हल्लाउँदै एक व्यक्ति ओर्लिए। chkremilan-biplab

गाडी पार्किङपछि परिषदका सदस्यसचिव बस्ने भवनअगाडि पुगेर ती व्यक्तिले ‘के छ सबैलाई आराम त छ नि हैनरु’ भन्दै सोध्न थाले। त्यहाँ उपस्थित व्यक्तिले ‘चक्रे दाइ, हामी आमाम छौं भनेर उत्तर फर्काए।

चक्रे अर्थात डन मिलन गुरुङ। प्रहरी अधिकारीका अनुसार राजधानीका पुराना गुन्डा नाइकेमध्ये उनी पनि एक हुन्। गत शुक्रबार प्रथम आइकेकेएफ क्योकुसिन कराते राष्ट्रिय प्रतियोगिताको उद्घाटन समारोहमा उपस्थित हुने क्रममा चक्रेलाई उनका समर्थकले रंगशालामा भव्य स्वागत गरे।

उनी उक्त संघका अध्यक्ष हुन्। अध्यक्षका नाताले चक्रे प्रमुख अतिथि नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई स्वागत गर्न उपस्थित भएका थिए। मुख्य अतिथि १ बजे आउने कार्यक्रम थियो।

मुख्य अतिथि निर्धारित कार्यक्रमभन्दा करिब आधा घन्टा ढिला आइपुगे। उनी आउनुभन्दा अघि परिषद्को प्रांगण चक्रेमय भएको थियो। त्यसबीचले उनले सयौंको संख्यामा जम्मा भएका आफ्ना समर्थकहरु माझ उत्साहित हुँदै सम्बोधन पनि गरे। कुराकानीका क्रममा उनले आफूलाई समाजसेवी भन्न भ्याए।

दिउँसो १ः३० बजे प्रमुख अतिथि विप्लवको आगमन भयो। चक्रेले विप्लवलाई गुच्छा र माला लगाएर स्वागत गरे। यता विप्लव भने हूलमूल देख्दा अलि हिच्किचाएका थिए। उनी भन्दै थिए, ‘ल ल भैगो, पुग्यो।’ प्रतिक्षार्थीहरुले ‘हुस’ स्वर निकाल्दा उनी अलि लगाए। विप्लव अगाडि र चक्रे पछाडि–पछाडि दिए।
आजको गज्जव साप्ताहिकमा खबर छापिएको छ ।