५ बैशाख, काठमाडौं । यति एयरको विमान अवतरणका क्रममा समस्या आएपछि केहीबेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ ।

आज दिउँसो पोखराबाट उडेको यति एयरलाइन्सको विमानमा हाइड्रोलिक समस्या देखिएपछि विमानस्थल केही समय बन्द भएको हो ।

विमानस्थल बन्द हुँदा केहीबेर अन्तर्राष्ट्रिय उडान तथा अवतरण बन्द भएको थियो । बिमानस्थल स्रोतका अनुसार जम्माजम्मी पाँच सात मिनेटमात्रै उडान अवतरण प्रभावित भएको हो ।

हाइड्रोलिक समस्या देखिएपछि पाइलटले बिमानस्थलमा खबर गरेका थिए । चालक दलका सदस्य र सबै यात्रु सकुशल रहेको र कुनै क्षति नभएको बिमानस्थलले जनाएको छ ।