९ असार, काठमाडौं ।

काठमाडौं स्थित त्रिभुवन अन्तार्रष्ट्रिय विमानस्थल दिउँसो आधार घण्टा पूरै सुनसान भयो । काठमाडौंको आकाशमा अरु दिन जस्तो ट्राफिक जाम पनि भएन ।

तैपनि झण्डै आधा घण्टादेखि दुई वटा विमान नेपाली आकाशमा घुमिरहे । दक्षिण कोरियाको सोलबाट काठमाडौं आएको कोरियन एयरको विमान र दुबईको अबुदाबीबाट आएको इत्तिहाद एयर आकाशमै फन्को लगाइरहेका थिए । कारण विमानस्थल बन्द थियो ।

हरेक दुई वर्षमा हुने हवाई सुरक्षा (फूल स्केल इमर्जेन्सी एक्सरसाइज) अभ्यासका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल साढे ४ देखि ५ बजेसम्म बन्द गरिएको थियो ।

अन्तर्राष्ट्रिय नागरिक उड्यनन संस्था आइकाओको नियमानुसार अन्तर्राष्ट्रिय मान्यताप्राप्त विमानस्थलले प्रत्येक दुई वर्षमा यस्तो अभ्यास गर्नुपर्ने हुन्छ । अभ्यासमा के के भयो ? हेर्नुस भिडियोमाः