८ असोज, एजेन्सी।

सामसुङको स्मार्टफोनको ब्याट्री पड्कने घटना अझै जारी छ। भारतको चेन्नई एयरपोर्टमा ल्याण्डिङको समयमा एक विमान भित्रै सामसुङ नोट २ मोबाइलमा आगो लागेको खबर छ।samsung smartphone blast 8452067 (2)

चेन्नई एयरपोर्टमा ल्याण्ड गर्न लागेको इन्डिगोको विमानमा यो घटना भएको हो। विमानमा भने कुनै नोक्सन नपुगेको बताइएको छ।samsung smartphone blast 8452067 (1)

यो भन्दा अघि सामसुङ ग्यालेक्सी नोट ७ स्मार्टफोनमा यस्तो समस्या देखिएको थियो। लगतै सामसुङले यो स्मार्टफोन बजारबाट फिर्ता लिएको थियो।

विमानमै पड्केको मोबाइल ग्यालेक्सी नोट २ का विशेषता:samsung smartphone 7356287
५.५ इन्च डिस्प्ले, ७२०X१२८० पिक्सेल रिजोलुसन, क्वाडकोर प्रोसेसर भएको यो मोबाइलमा ८ मेगापिक्सलको रियर र १.९ मेगापिक्सलको फ्रन्ट क्यामेरा लगाइएको छ। यसमा प्रयोग भएको ब्याट्री लिथियम आयोन ३१०० एमएएच हो।