४ असार, मोरङ ।

दलहरुले असार १४ गते हुन लागेको एकमात्र महानगरपालिका विराटनगरलाई चुनावी प्रतिष्ठाको विषय बनाएका छन् । तालमेल गरेर चुनावमा होमिएका दलहरुले उम्मेदवारी दर्ता गर्ने बेला पनि निक्कै तामझाम प्रस्तुत गरेका छन् ।

एक मात्र महानगर अनि प्रमुख दलहरु नै चुनावी तालमेल गरेर मैदानमा उत्रेकाले उनीहरुले उम्मेद्वारी दिनुअघि नै आफ्नो शक्ति प्रदर्शन गरेका छन् ।

आज मात्र संयुक्त उम्मेदवारीको घोषणा गरेका नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमले निक्कै ठूलो जुलुस र नारावाजीसहित उम्मेदवारी दर्ता गराएका छन् ।

विराटनगर महानगरपालिकामा तालमेल गरेका एमाले र नेपाल लोकतान्त्रिक फोरम तथा एक्लै मैदानमा उत्रेको कांग्रेसले पनि जुलुससहित उम्मेदवारी दर्ता गरेका छन् ।

हेर्नुस उम्मेदवारी दर्ता गर्न जानु अघिको जुलुसः