एजेन्सी ।

भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र बलिउड एक्ट्रेस अनुष्का शर्मा छिट्टै नै विवाह बन्धनमा बाँधिन सक्ने भारतीय मिडियाहरु बताउँछन । स्रोतका अनुसार यही वर्षको डिसेम्बरमा उनीहरु विवाह गर्न लाग्दैछन । अहिलेसम्म उनीहरु दुबैले विवाहको मिति भने सार्वजनिक गरेका छैनन । श्रीलंका विरुद्ध हुने घरेलू सिरिजबाट ब्रेक लिएर विराटले विवाह गर्ने बताइएको छ ।

तर विराटले समय भने सिमित मात्र निकाल्न सक्ने बताइएको छ । किनकि डिसेम्बरमा तीन म्याच वनडे र तीन म्याच टी-२० सिरिज खेल्नु पर्नेछ । ब्यस्त समयका बाबजुद विराटले क्रिकेट बोर्डसँग छुट्टी मागेका छन । यो छुट्टीको समयमा विराट र अनुष्काले विवाह गर्ने बताइएको छ ।

श्रीलंकासँगको म्याचपछि भारतीय टिम साउथ अफ्रिका टुरमा जाने भएकोले सो समयमा विराटले समय पाउनेछैनन् त्यसैले यसको पहिला नै विवाह गर्ने योजना बनाएको बुझिन्छ ।

विराट र अनुष्काको लबस्टोरीको शुरुवात २०१३ मा एक स्याम्पुको सुटिङको बेला भएको थियो ।