३ फागुन, पाकिस्तान । पाकिस्तानको यहाँको पूर्वी सहर लाहोरमा प्रदर्शन भइरहेको स्थानमा विशाल विस्फोट भएको पाकिस्तानी प्रहरीले जनाएको छ ।

घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएको प्रहरी अधिकृत जाहिर अब्बासले पुष्टि गरे ।

उनका अनुसार एक जना मोटरसाइकलमा सवार आत्मघाती आक्रमणकारीले सयौँ फर्मासिस्टहरुको विरोध प्रदर्शन भएको ठाउँमा लगेर विस्फोट गराएको जनाए ।

घटनाको पाकिस्तानी तालिवानी समूहले जिम्मेवारी लिएको छ । घटनामा परी दुई वरिष्ठ प्रहरी अधिकारी र एक पूर्व आतङ्कवादविरोधी अभियान प्रमुखसमेत मृत्यु भएको छ ।

पाकिस्तानी टेलिभिजनले चर्को आवाज पछि धुवाँको मुस्लो र गोली चलाएको आवाजसहितका दृश्य घटनास्थलबाट देखाएको समाचार संस्था एपी ले जनाएको छ ।