१५ चैत, एजेन्सी।

कपिल शर्मा र सुनिल ग्रोवरबीचको विवादपछि कपिल शर्मा शोको २ वटा इपिसोडमा ‘गुलाटी’ अर्थात सुनिल देखा परेनन् । मिडियाले सुनिलले कपिल शर्मा शो छोडे पनि भन्न भ्याएको अवस्था छ । जब कि सुनिल स्वयमले यसबारे कुनै घोषणा गरेका छैनन् । अनुमान लगाइएको छ कि आधिकारिक घोषणा बिना नै उनले शो छोडिसकेका हुनसक्छन्।

सुनिलले टिवट् गर्दै आफुहरुबीच कुनै विवाद उत्पन्न नभएको बताएका छन् । उनले फ्यानहरुलाई धन्यवाद दिदै ट्विटमा लेखेका छन्, ‘राम्रा व्यक्ति तथा कामप्रति समर्पित हुन चाहन्छु । हो, म यतिबेला अलमलमा छु अनि नर्भस पनि । म जान्दिन भविष्यमा मसंग के हुनेछ।’

आफ्नो छोरासंगै रहेको बताउँदै ट्वीटमा भनेका छन्, ‘जब मैले मेरो छोरालाई देख्छु र मात्रै खुसीको सास लिन्छु । यसैप्रति आश्वस्त हुन्छु कि भविष्यमा जे हुनेछ, त्यो नयाँ सुन्दर भविष्य हुनेछ।’

 पछिल्लो समय  युट्युवमा अपलोडित कपिल शर्मा शो को भिडियाहरु पहिले भन्दा कम खासै चलेको भेटिदैन । शोका युट्युवमा रहेका भिडियोहरुमा डिस्लाइक गर्नेको सङ्ख्या भने बढ्दो छ।