२७ बैशाख, काठमाडौं ।

बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई अक्षय तृतीया पनि भनिन्छ । हिन्दु धर्ममा यो तीथीको विशेष महत्व छ । किन भने यो एक वर्ष भित्र पर्ने चार महत्वपूर्ण तिथि मध्ये एक मानिन्छ ।

अशुभ फल दिने १० सपना

अक्षय तृतीयामा गरिएको दान धर्म अक्षय अर्थात कहिले नाश नहुने फल र पूण्य दिने धार्मिक विश्वास रहेको छ ।

akshya tritiya

सामान्यतः विवाहका लागि मुर्हुत पनि हेर्नु नपर्ने यो तिथि यो वर्ष भने खासै शुभ नरहेको ज्योतिषहरुले बताएका छन् । अक्षय तृतीया वर्षका सबैभन्दा शुभ मानिएपनि यो वर्ष त्यति शुभ मानिएको छैन ।

शनिवारको दिन यी ७ वस्तुको किनबेच गर्नु अशुभ मानिन्छ

प्रायः सबै पुराणमा बैशाख तृतीया अर्थात अक्षय तृतीयालाई त्रेता युगको शुरुवातको दिन मानिन्छ । धर्म स्थापनाका लागि भगवान परशुरामको जन्म पनि यही दिन भएको थियो ।

यो वर्ष विवाहका लागि अशुभ

पण्डितहरुले अक्षय तृतीयालाई अबुझ मुर्हुत अर्थात हेर्नै नपर्ने शुभदिन मान्छन् । यो दिन मुहुर्त नहेरी विवाह गर्ने चलन पनि छ । तर यो वर्ष भने शुक्र अस्त रहेका कारण विवाहको तिथि राम्रो मानिएको छैन । १०० वर्ष पछि पहिलो पटक अक्षय तृतीयामा शुक्र अस्त भएको ज्योतिषहरुले बताएका छन् ।

कहाँ कोठी भयो भने शुभ कहाँ भए अशुभ