व्यक्तिको वरिपरि हुने हरेक वस्तुले उसको बानी व्यवहार अनि गुणमा राम्रो वा नराम्रो प्रभाव पार्दछ। यदि वरिपरिबाट अनुकूल या सकारात्मक इनर्जी आइरहेको छ भने उसको जीवनमा प्रगति अनि सुख छाउँछ, तर यदि प्रतिकूल या नकरात्मक इनर्जी आइरहेको छ भने त्यसले व्यक्तिको जीवनमा तनाव र चिन्ताको थुप्रो लगाउँदछ। यो नियम जीवनको हरेक क्षेत्रमा लागू हुन्छ।

विशैष गरी विवाह गर्न लायक पुरुषहरूको लागि वास्तुशास्त्रमा यस्ता केहि जीवनशैलीको बारेमा बयान गरिएको छ, जसमा ध्यान नराख्दा उसको वैवाहिक जीवनमा बाधा आइपर्ने सम्भावना बढ्दछ।Hindu Marriage

१. कुमार युवकहरूको बिस्तारा यसरी राख्नुपर्दछ कि सुत्दा टाउको दक्षिण र खुट्टा उत्तरतर्फ हुनुपर्दछ। यो नियममा पुरुषहरूले मात्रै होइन, सबैले ख्याल गर्नुपर्दछ।

२. विवाह गर्न योग्य पुरुषको सुत्ने कोठामा एउटा भन्दा बढि ढोका हुनुपर्दछ। जुन कोठामा हावा र उज्यालो आउँदैन, त्यो कोठामा सुत्नु अशुभ मानिन्छ।

३. कालो रङ्गको कपडा, तन्ना, पर्दा आदिको उपयोग गर्नु कुमार पुरुषहरूको लागि अशुभ मानिन्छ। यसको कारण विवाहको लागि योग्य सम्बन्ध नआउने सम्भावना बढ्दछ।

४. लगनगाँठो कस्न लागेका पुरुषहरूको कोठाको रङ्ग गाढा हुनु वास्तुशास्त्रमा अशुभ मानिन्छ। बरु गाढा रङ्गको सट्टा, हलुका उज्यालो, फिक्का पहेँलो, गुलाबी अथवा सेतो हुनुपर्दछ।

५. विवाह योग्य पुरुषहरूको कोठा घरको दक्षिण वा दक्षिण-पश्चिमतर्फ हुनु अशुभ मानिन्छ। यसले वैवाहिक सम्बन्धमा बाधा पुर्याउने वास्तुशास्त्रमा उल्लेख गरिएको छ।

यो पनि हेर्नुहोस्-
घर बनाउँदा जान्नै पर्ने ९ वास्तु सुचक
दिशाको अनुसार लगाउनुहोस् मूल गेटमा रङ्ग
८ बास्तु नियमः जसले ल्याउँछ घरमा सुख शान्ति
घरबाट निस्कनुपूर्व गर्नुपर्ने ५ काम