विवाह वा बैबाहिक जीवनको विषयमा अधिकाँश मानिस घोत्लिरहेका हुन्छन् । विवाह अघि धेरैलाई भ्रम समेत हुन्छ । खासमा बैबाहिक जीवन अधिकाँशले सोंचे जस्तो हुँदैन ।

 

जानि राख्नुस् विवाहको बारेमा ब्याप्त ९ प्रकारका भ्रमात्क प्रश्न र तिनका जवाफ ।


भ्रमः विवाह गरेपछि एक्लो पन भाग्छ
वास्तविकताः विवाहपछि पनि कैयौं मानिसले जीवनमा एक्लो पन महसुस गर्छन् ।


भ्रमः विवाह विनाको जीवन अधुरो हुन्छ ।
वास्तविकताः संसारमा कैयौं मानिस छन् जो अविवाहित भएपनि विवाहित भन्दा खुशी छन् ।

marriage myth 2

भ्रमः बैबाहिक जीवन रोमान्सले भरिएको हुन्छ
वास्तविकताः बैबाहिक जीवन पनि तिता मिठा अनुभवले भरिएको हुन्छ । सँधै गुलाफ गुलाफ वा काँडै काँडा कहि पनि हुँदैन । सँधै रोमान्स विवाहको शर्त होइन ।


भ्रमः विवाहित जोडीको सेक्सको चाहाना कम हुँदै जान्छ
वास्तविकताः अध्यनले भन्छ कि सिंगल भन्दा बिवाहितहरुको यौन जीवन सक्रिय हुन्छ । विवाहितहरुको यौन चाहानामा कमि हुँदैन ।

marriage myth 1


भ्रमः विवाह गरेपछि जीवनमा खुशीको सञ्चार हुन्छ
वास्तविकताः विवाह भनेको आफ्नो अवधारणमा भर पर्ने सम्बन्ध हो । जस्तो सोंच्यो त्यस्तै हुन्छ बैबाहिक सम्बन्ध पनि । शंका र अविश्वास भयो भने बैबाहिक जीवन खुसी होइन नर्क हुन्छ ।


भ्रमः भनिन्छ कि विवाहले जीवनलाई पूर्ण बनाउँछ
वास्विकताः विवाहले मानिसलाई केही हद सम्म पुरा भएको अनुभव गराउँछ तर विवाह पूर्णता होइन । विवाहपछि झनै खालीपन महसुस गर्नेको कमि हुँदैन ।


भ्रमः विवाहमा प्रेम छ भने कुनै समस्या आउँदैन । विवाहेत्तर सम्बन्ध हुँदैन ।
वास्विकताः बैबाहिक जीवनमा सँधै खुसियाली सम्भव हुँदैन । जीवनमा मानिसहरु पति पत्निसँग प्रेम गर्दा गर्दै पनि विभिन्न सम्बन्धमा परिरहेका हुन्छन् । वैवाहिक जीवनमा खुला पन र विश्वास भने चाहिन्छ ।

Marriage myth


भ्रमः विवाहमा एक अर्काको चाहाना बुझ्नु पर्छ
वास्तविकताः विवाह हुँदैमा अरुको दिमाग अध्यन गर्न सकिने होइन । फरक मान्छेका चाहाना फरक हुन्छन् । एक अर्कालाई बुझाउन सक्नु चाँहि विवाहमा चाहिने खुवी हो ।


भ्रमः झगडा हुनु प्रेम घट्दै गएको संकेत हो

वास्तविकताः विवाह भनेको प्रेम नै प्रेमको सम्बन्ध होइन । यसमा उतार चढाव आउँछन् । दुई फरक मान्छेका चाहाना मिल्नु कठिन कुरा हो । बैबाहिक जीविनमा हुने झगडा प्रेम अन्त्य भएका संकेत मात्र होइनन् । यो त मानवीय स्वभाव नै हो ।

यो पनि हेर्नुस्
विवाहको विषयमा अधिकाँशलाई हुने ७ भ्रम
सुहागरातबारेका ७ भ्रम
किन गर्नु हुँदैन एउटै गोत्रमा विवाह
महिलामा यौन उत्तेजना बढाउन यस्तो काइदा