तपाइँलाई थाहा छ बैबाहिक जीवनमा नियमित यौन सम्बन्धले ठूलो महत्व राख्छ । र साथै खानाको यौन जीवनमा निक्कै गहिरो प्रभाव हुन्छ । डार्क चकलेट र बदामले सेक्स ड्राइभ बढाउँछन् भने तर यस्ता खाना पनि छन् जसले यौन जीवनलाई धरापमा पारिदिन्छन् । त्यति मात्र होइन यस्ता खानाले यौन मात्र नभएर प्रजनन क्षमता समेत खत्तम बनाउन सक्छन् । यहाँ विवाहितहरुले खान नहुने १० खानाको चर्चा गरिएको   छ ।

१ तारेको भुटेको

बढी तारेको र भुटेको खाना खँदा शरीरलाई राम्रो गर्दैन । यसले तपाइँको सेक्स ड्राइभलाई कमजोर पार्छ । अझ चिल्लोको मात्रा बढी भएका यस्ता खानाले तपाइँको टेष्टोस्टेरोन हर्मोनलाई समेत रोक्छ जसले गर्दा यौन जीवनमा खासै चाख हुन छोड्ने हुन्छ ।

red meat

२ कृतिम गुलियो
खाने कुरामा कृतिम गुलियो प्रयोग गरेको छ भने पनि सके सम्म त्यस्ता खानाबाट टाढै रहनुस् । यसको सेवनले ह्याप्पी हर्मोन भनिने यौनिक हर्मोनलाई कमजोर पार्छ । कृतिम गुलियोमा हुने ”aspartame” नामको पदार्थले अन्य साइड इफेक्ट समेत निमत्याउन सक्छ । यसता साइड इफेक्टमा अनिद्रा, चिडचिडापन, टाउको दुख्ने, चिन्ता लगायतका हुन सक्छन् ।

३ सोडा
कतिपय मानिसलाई सोडा विना खाना नरुच्ने हुन्छ । तर बैबाहिक जीवनमा भने यो खानु घातक छ । दैनिकरुपमा सोडा वा फ्लेवर्ड ड्रिङ्क सेवन गर्ने मान्छे यौनिकरुपमा भने कमजोर हुन्छन् । यसले तपाइँको मोटोपन बढाउन र दाँतमा समस्या पैदा गर्ने खतरा समेत हुन्छ ।

milk 1

४ बजारिया दुग्ध पदार्थ

अहिले बजारमा पाइने दुग्ध पदार्थमा प्राकृतिक कुराहरु कम हुन्छन् । मिसावटका कारण यिनीहरुमा रहेका पदार्थ घातक समेत हुन्छन् । यस्ता पदार्थको स्वनल एस्ट्रोजन, प्रोजिस्टेरोन, टेस्टोस्टेरोन आदि हार्मोन्समा कमी आउने र यौन क्षमता कमजोर हुन्छ । त्यसले शरीरमा विषाक्त पदार्थको पनि बढावा दिन्छ ।

food not for night 1

५ चिप्स

चिप्स जस्ता प्याकेटमा पाइने खानेकुराले पनि तपाइँका शरीरको कोशिकालाई घात गर्छन् । यस्ता कुराले तपाइँको सेक्स ड्राइभ कमजोर पार्छ । खासमा आलु चिप्स अत्याधिक तापक्रममा पकाइने र प्याकेटमा राखिने हुँदा यो शरीरका लागि हानिकारक मानिन्छ । यसमा हुने खराव चिल्लो पदार्थ र उच्च तापमानमा पाकेको हुँदा यो यौन जीवनका लागि सबैभन्दा घातक मानिन्छ ।

food not for night 3

६ चुइङ्गम

यदि तपाइँको नियमित चुइङ्गम सेवन गर्ने बानी छ र तपाइँ विवाहि हनुहुन्छ भने आजै देखि यो बानी छोड्नुस् । चुइङ्गमले शरीरुको पाचन पदार्थथमा घात गर्छ भने यौन जीवनमा पनि घातक प्रभाव पार्छ । स्वास गन्हाउने डरले चुइङ्गम खाने गर्नु भएको छ भने आजै देखि छोड्नुस् अन्य प्राकृतिक कुराबाट स्वास सुगन्धित पार्नुस् ।

७ कर्न फ्लेक्स

यदि तपाइँ नियमित कर्न फ्लेक्स सेवन गर्नुहुन्छ भने त्यो पनि तपाइँका लागि घातक हुन्छ । यसले तपाइँको यौन जीवनमा नकारात्मक प्रभाव पार्छ । यसले तपाइँको रोमान्टिक जीवनमा सबैभन्दा बढी प्रभाव पार्छ । हल्का फुल्का खाना खान मन पर्छ भने पनि कर्नफ्लेक्स कम खानुस् ।

८ कफी

विहानै कफि खाँदा मुड फ्रेश हुन्छ । तर दिनभरी पटक पटक कफी पिउने बानी भने घातक हुन्छ । यसले तपाइँको स्वास्थ्यमा प्रतिकुल असर पार्छ र यौन जीवन प्रभावित हुन्छ । कफीले शरीरमा स्ट्रेस हार्मोनकम गर्छ र यौनिक क्षमता कमजोर पार्छ ।

९ सोयाबिन
यदि तपाइँको नियमित खानामा सोयाबिन पर्छ भने त्यसलाई कम गर्नुस् । सोयालाई मासुको साटो प्रयोग गर्ने पनि हुन्छ । सोयामा पाइने फायटोएस्टोरेजनले पुरुषमा यौनिक क्षमता कमजोर पार्छ । यो पुरुषका लागि घातक मानिएको खाना मध्ये एक हो ।

Food 1 2

१० मदिरा
मदिरा पनि यौन जीवनका लागि घातक मानिएको छ । यसले शरीरलाई संवेदनहिन बनाउने र निद्रा लगाइदिने हुँदा रोमान्टिक महसुस हुनेभएपनि यौनिकरुपमा भने कमजोर पारिरहेको हुन्छ । मदिरामा हुने तत्वले टेस्टोस्टेरोनमा प्रभाव पर्छ र यौन इच्छा र क्षमता कमजोर हुन्छ ।

green tea red wine

यो पनि हेर्नुस्

पुरुषले खानै पर्ने ८ खाना

चरम यौन सन्तुष्टीका लागि खानुस् यी १० खाना

रातिको समयमा खानै नहुने १० खाना