८ असार, झापा ।

राजनीतिक दृष्टिकोण, मूल्य र मान्यताका हिसाबले साझा पार्टीसंग निकट रहेको विवेकशील नेपाली दलले आगामी असार १४ गते हुने स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा केही स्थानहरुमा आफ्ना उमेदवारहरु घोषणा गरेको छ ।

विवेकशील नेपाली दलद्वारा घोषित झापाको दमक नगरपालिको प्रमुखमा केराबारी गाउँपालिका ९ को वडाअध्यक्ष लगायत विभिन्न स्थानीय तहका उमेदवारहरुलाई साझा पार्टीले समर्थन गर्ने भएको छ ।

विवेकशील दलका उमेदवारहरुलाई मतदान गर्न सम्पूर्ण पार्टी सदस्य, सुभेच्छुक तथा सम्बन्धित क्षेत्रका मतदाताहरुमा साझा पार्टीले अनुरोध गरेको छ ।

विवेकशील नेपाली दलका केन्द्रीय नेता गोविन्द नारायण इटहरीमा आयोजित साझा पार्टीको चुनावी सभालाई संवोधन गरेर साझा पार्टीका प्रमुख तथा उपप्रमुखमा क्रमशः डा. तारा काफ्ले र प्रकाश परियारलाई भोट दिन आग्रह गरेको छ ।