१ जेठ, उरुम्की (चीन) । चीनको उत्तरपश्चिम क्षेत्रमा रहेको सिनजियाङ विमानस्थलमा सोमबार बिहानैदेखि उच्च बेगका साथ हुरी लाग्नाले विमानस्थलको सेवा अवरुद्ध बन्दा करिब पाँच हजार हवाई यात्री विमानस्थलमा अलपत्र परेको चिनियाँ अधिकारीले बताएका छन् ।

सिनजियाङ¬ स्वशासित क्षेत्रको राजधानीमा रहेको उरुम्की दिओपु अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयसम्म लागेको हुरीका कारण विमानस्थलले सोमबार २ बजेसम्म ‘अरेन्ज इमर्जेन्सी रेस्पोन्स’ को व्यवस्थापन गरेको छ ।

सो क्षेत्रमा करिब ७० किलोमिटर प्रतिघण्टाका दरमा आएको हुरीका कारण विमानस्थल बाहिर पनि सामान्य जीवन प्रभावित भएको थियो । अपराह्नतिर हुरी केही कम भए पनि अझै पूर्णतया मानिसहरु सडक बाहिर ढुक्कसँग हिँडडुल गर्न सकिरहेका छैनन् । रासस/सिन्ह्वा