स्ट्रेचिङ अथावा तन्काउने व्यायाम जो कोही जुनसुकै समयमा जहाँ पनि गर्न सकिने एक प्रकारको व्यायाम हो । यसमा तपाई आफ्नो शरीर, हात–खुट्टालाई जति सक्नुहुन्छ तन्काउनु भए पुग्छ । सक्नुहुन्न भने, १० मिनेट मात्रै तन्काउने गर्नु भयो भने हुन्छ ।stretching-12139317

तर, यो व्यायाम नियमित  प्रत्येक दिन गर्न आवश्यक हुन्छ । विशेषज्ञहरु यसलाई सबैभन्दा सजिलो व्यायाम मान्दछन् । जति सजिलो छ, उति नै धेरै फाइदा पनि छन् ।

१. स्ट्रेचिङले शरीरमा रक्त सञ्चारलाई सुधारर्छ । मुड फ्रेस हुन्छ र तनाव भाग्छ ।

२. नियमित ‘स्ट्रेचिङ’ले मांशपेसीलाई आराम मिल्छ । डाढ दुख्ने, कुम र छाती दुख्ने समस्या पनि कम हुन्छ ।

३. स्ट्रेचिङले रगतमा अक्सिजनको मात्रा बढाई मांशपेसीको थकानलाई भगाउँछ ।

४. जोनी तथा मांशपेसीमा कुनै घाउँ लागेमा निको हुन मद्दत गर्छ ।

५. रक्त सञ्चार प्रणालीलाई सुधार्छ । यसले गर्दा मष्तिस्क ताजा रहन्छ र शरीरमा ऊर्जा बढाउँछ ।

६. ‘स्ट्रेचिङ’ले ब्लड सर्कुलेसनमा सुधार गर्छ, जसले गर्दा खराब कोलेस्ट्रोलाई कम गर्छ, जसले गर्दा मुटु स्वास्थ्य रहन्छ ।

७. प्रत्येक विहान १० मिनेट शरीर, हात, खुट्टा तन्काउनाले रगतमा सुगरको मात्रालाई सन्तुलन गर्छ । यस्तो अवस्थामा मधुमेह कुने सम्भावना कम हुन्छ ।

८. ‘स्ट्रेचिङ’ गर्नाले मष्तिस्कसम्म रगत सञ्चार सही तरिकाले हुन थाल्छ । यस्तो अवस्थामा मष्तिस्क ताजा रहन्छ ।

यो पढ्नुस्।

तपाईलाई थाहा छ, बिहान १० मिनेट खाली खुट्टा हिड्दा के हुन्छ?