एजेन्सी । विश्वकप क्रिकेटको पहिलो खेल हुनु तीन दिन अघि भारतीय टिमका कप्तान बिराट कोहली घाइते भएका छन् ।

शनिबार अभ्यासका क्रममा कोहली घाइते भएका हुन् । उनको दाहिने औंलामा चोट लागेको छ । चोट लागेपछि कोहली लामो समयसम्म फिजियो टिमसँग समन्वय गरेका थिए । उनले चोट लागेको स्थानमा बरफले सेकेका थिए ।

भारतीय क्रिकेट बोर्ड बिसिसिआईले कोहलीको चोटबारे औपचारिक रुपमा जानकारी दिएको छैन । कोहलीभन्दा अघि बिजय शंकर र केदार जाधव पनि चोटिल थिए । दुवैलाई फिट घोषित गरिएको छ तर पहिलो खेलमा उनीहरु खेल्ने नखेल्ने टुंगो छैन । भारतले विश्वकपमा पहिलो खेल आगामी जुन ५ मा दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ ।