एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत भारत र अष्ट्रेलिया भिडिरहेका छन् । ओवल मैदानमा टस जितेर भारतले पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

कप्तान बिराट कोहलीले टिममा कुनै परिवर्तन गरेका छैनन् । अष्ट्रेलियाले पनि टिममा कुनै फेरबदल गरेको छैन । दुवै टिम २० वर्षपछि इङ्ल्याण्डको मैदानमा पहिलोपटक भिड्न लागेका हुन् ।

पछिल्लो पटक सन् १९९९ मा विश्वकपमा अष्ट्रेलियाले भारतलाई हराएको थियो । भारतले ८ वर्षदेखि अष्ट्रेलियालाई हराउन सकेको छैन ।