एजेन्सी ।

हालै मात्र उत्तर कोरियाको वर्कर्स पार्टीको विषयमा डरलाग्दो समाचार सार्वजनिक भएको छ । उत्तर कोरियाली तानशाह किम जोङ उनले आफ्ना कन्सट्रक्सन वर्कर्सहरुलाई बलियो बनाउन औषधीको डोज दिइरहेको खुलासा अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले गरेका छन् । यद्यपी यस्तो घटना पहिलो भने होइन ।

एकदोस्रोलाई मारेर खान्छन्, यी हुन विश्वका ९ खतरनाक जेल

तानाशाही भएका देशबाट यस्ता घटना सार्वजनिक भैरहेका हुन्छन् । उत्तर कोरियामा पनि त्यस्तै तानाशाही छ । हालका तानशाह किम जोङ उनका पिता किम जोङ इल पनि उनी जस्तै थिए ।

उत्तर कोरियाका शासक किम जोङ उन

उत्तर कोरियाका शासक किम जोङ उन

यहाँ संसारका खुंखार तानशाह र उनीहरुका छोरा छोरीले गरेका कुकृत्यहरुको चर्चा गरिएको छ ।

१- हिटलर पुत्रः जीन म्यारिए लरेन्ट
हिटलरलाई विश्व इतिहासकै सबैभन्दा खतरनाक तानशाह मध्ये एक मानिन्छ । उसले यहुदीहरुमाथि मात्र होइन आफ्नै परिवारमाथि पनि क्रुरता प्रदर्शन गरेको थियो ।

Tyranical persons history

एक फ्रान्सेली महिलासँग गोप्य सम्बन्ध पछि जन्मेको हिटलरका छोरो जीन म्यारिए लरेन्ट भने फ्रान्सेली रेल वेमा काम गर्थ्यो । हिटलरले आफ्नो सन्तानकोरुपमा स्वीकार नगरेपछि ती महिलाले आफ्नो पुस्तकमा योर फादार वाज हिटलर लेखेर छोडेकी थिइन् ।

२- सद्धाम हुसैनको पुत्रः उदय हुसैन
इराकमा दशकौं सम्म एकलौटी शासन गरेका इराकी तानशाह सद्धाम हुसैनलाई अमेरिकाले मारेको थियो । सद्धाम हुँसैनको पुत्र उदय हुसैन पनि उनको बाबु जस्तै कृत्यका लागि कुख्यात थियो ।

Tyranical persons history 1

उदयमाथि हत्या, यातना र बलात्कार जस्ता गम्भिर अपराध गरेको आरोप लागेको छ । उनले आफ्नै पिताका पर्सनल टेस्टरको हत्या गरेका थिए । सन् २००३ मा उनलाई अमेरिकी सेनाले मारेको थियो ।

३- गद्दाफी पुत्रः मुतास्सिम गद्दाफी
लिवियामा ४ दशक भन्दा बढी शासन गरेका मुआमर गद्दाफीका पुत्र मुतास्सिम गद्दाफी आफ्नै बाबु मारिने गृहयुद्धको अन्त्यतिर देशको बागडोर सम्हालेका थिए । अन्तराष्ट्रिय मन्चमा आफ्ना कुरा राख्न गद्दाफीले छोरालाई छान्थे ।

Tyranical persons history 2

गद्दाफीका बाबु छोरामाथि कैयौं महिलाहरुमाथि बलात्कार गरेको आरोप लागेको छ । सुन्दर महिला छान्नका लागि बाबु छोराको प्रतिस्पर्धा नै चल्ने गरेको समेत बताइन्छ । गृह युद्धको अन्त्यमा गद्दाफीका बाबुछोरालाई त्यहाँका लडाकुहरुले शिर्त शहरमा घिसारी घिसारी मारेका थिए । गद्दाफीका बाबु छोरालाई सँगै युवतीहरुको बलात्कार गरेको समेत आरोप लागेको थियो ।

४- मुसोलिनी पुत्री एडा मुसोलिनि
इटालीका खुंखार तानशाह मुसोलिनीकी पुत्री एडाको कहानी प्रेम र प्रतिशोधको कहानी भन्दा हुन्छ । बाबुको तानाशाहीको विरोध गरे वापत एडालाई जेल मात्र हालिएन उनका पतिको हत्या समेत गरियो ।

Tyranical persons history 3

नरेन्द्र मोदी विश्वका टप टेन अपराधीको सूचीमा

आफ्नै पितासँग बदला लिनका लागि एडा स्विडेन भागिन् र कम्युनिष्टहरुसँग साँठगाँठ गरिन् । त्यो थाहा पाएपछि मुसोलिनीले आफ्नै छोरीको पनि हत्या गरिदिएका थिए ।

५- किम जोङ उन- किम सङ इल
उत्तर कोरियाको बागडोर सम्हालिरहेका किम जोङ उनका पिता किम सङ इल पनि कुख्यात तानशाह थिए ।

Tyranical persons history 4

८२ वर्षीय किम सङ इलको निधनपछि वर्तमान तानशाह किम जोङ उनले सत्ता सम्हालेका हुन् । उत्तर कोरियामा शासकहरुले त्यहाँका सबैभन्दा सुन्दर युवतीहरुलाई यौन दाशी बनाउने र मन नपरेकाहरुलाई विभत्सरुपमा हत्या गर्ने गरेका समाचार सार्वजनिक भैरहन्छन् ।

६- इदी अमीनका पुत्रः फैसल वाङ्गिटा
संसारका क्रुर तानशाह मध्ये एक इदी अमिन युगाण्डाका तानसाह हुन् । करि ८ वर्ष युगाण्डाको राज गरेका अमिनले मान्छेकै मासु खाने गरेको बताइन्छ ।

Tyranical persons history 5

संसारका १० शहर जहाँ जान मानिसहरु डराउँछन् (फोटो फिचर)

इदीका छोरा फैसलले पनि उनकै पिताको पदचाप पच्छ्याए । बाबु छोराले देशमा ठूलो अत्याचार गरे । पिताको निधनपछि भने फैसललाई ५ वर्षको जेल सजाय सुनाइयो र जेलमा उनको हत्या गरियो ।