२९९,७९२,४५८ मिटर प्रति सेकेन्ड (करिब ३ लाख किलोमिटर प्रति सेकन्ड) को गतिमा यात्रा गर्ने प्रकाशलाई पनि सुर्यबाट पृथ्वीमा आइपुग्न ८ मिनेट २० सेकेन्ड लाग्छ। हाम्रो तारापुञ्ज (आकाशगंगा तारापुञ्ज)को एक छेउबाट अर्को छेउमा जान प्रकाशलाई करिब १ लाख वर्ष लाग्छ जबकी प्रकाश १ सेकेन्डमा ३ लाख किलोमिटर टाढा पुग्न सक्छ। यो ब्रह्माण्डमा आकाशगंगा जस्ता तारापुञ्ज असङ्ख्य छन्। अब विचार गर्नुहोस् ब्रह्माण्ड कत्रो होला?
केही समय अगाडी मात्र वर्षौ यात्रा गरेर नाशाको एक अन्तरिक्षयान यम ग्रहसम्म पुगेको छ। प्रविधिमा निकै विकास भएको मानिएपनि अहिलेसम्म प्रकाशको गतिको नजिक रहेर यात्रा गर्नसक्ने कुनै पनि यान वा विमान आविस्कार भइसकेको छैन। विश्वकै तेज मानिने केही उपकरण र सबैभन्दा छिटो गतिमा कुद्ने मानिसको बारेमा जान्नुहोस्,

हेनेसी भेनम जीटी- सबैभन्दा तेज स्ट्रिट कार

worlds fastest  street car

४३५.३१ किलोमिटर प्रतिघण्टाको रेकर्ड राख्दै हेनेसी भेनम जीटीले ‘बुगाटी भेरोन सुपर स्पोर्टको रेकर्डलाई तोड्दै सबैभन्दा छति गतिको कारको उपाधी पाएको थियो। तर यो रेकर्ड भने गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लेखिएन। एउटै ट्रयाकमा दु्ई पटकसम्म कुँदाउनु पर्ने गिनिजको नियम अनुसार यो कारले अर्को पटक सो रेकर्ड कायम गर्न सकेन।
nasa rocket landing run way

‘नाशा स्पेससटल ल्याण्ड रनवे’ मा यो कारले सो गति कायम गर्न सफल भएको थियो। यो रनवेमा नाशाले अन्तरिक्षमा पठाएको रकेट अवतरण हुने गर्छ।

थ्रस्टएसएससी – सबैभन्दा तेज कार

worlds fastest  carथ्रस्टएसएससी नामको यो कार पहिलो सुपरसोनिक कार हो। सुपरसोनिक भन्नाले ध्वनीको गति भन्दा तेज कुद्न बुझिन्छ। ध्वनीको गति ३४०.२९ मिटर प्रतिसेकेन्ड हुन्छ। यसले १२२७.९ किलोमिटर प्रतिघण्टाको रेकर्ड राखेको थियो।worlds fastest  car 2

एक सेकेन्डमा १८ लिटर इन्धन खर्च गर्ने यो कार भने सडकमा कुदाउन पाइदैन। यो कार १६.६ मिटर लामो र ३.७ मिटर चौडाइको रहेको छ। यसको तौल मात्र १०.५ टन छ। नाभाडाको मरुभुमिमा यसको गति परिक्षण गरिएको थियो।

युसेन बोल्ट -सबैभन्दा तेज मानिसworlds fastest  man

१०० मिटर र २०० मिटरको दौडमा विश्व रेकर्ड राख्ने युसेन विश्वका सबैभन्दा तेज कुद्ने मानिस हुन। ४४.७ किलोमिटर प्रतिघण्टाको रेकर्ड राखेका उनी पहिलो व्यक्ति हुन जसले ६ ओलम्पिक गोल्ड मेडल जितेका छन्।worlds fastest  man 2

जमैकामा सन् १९८६ मा जन्मेका युसेनलाई ‘लाइटनिङ बोल्ट’ को नामले पनि चिनिन्छ।

ताएनही-२ – सबैभन्दा तेज कम्प्युटर

चीनको नेशनल युनिभर्सिटी अफ डिफेन्स टेक्नोलोजीमा रहेको यो कम्प्युटर विश्वकै सबैभन्दा शक्तिशाली र तेज कम्प्युटर हो। यसले ३३.८६ क्वाड्रिलियन फ्लोटिङ पोइन्ट अपरेसन केवल १ सेकेन्डमा गर्न सक्छ।worlds fastest  computer

१ क्वाड्रिलियन 1,000,000,000,000,000 हुन्छ। एप्पलको सबैभन्दा शक्तिशाली म्याक कम्प्युटर भन्दा चीनको यो सुपरकम्प्युटर करिब ४००० गुणा बढी शक्तिशाली छ। कम्प्युटरको गति जति तेज भयो त्यति नै शक्तिशाली मानिन्छ। गति भन्नाले कम्प्युटरको प्रोसेसरले प्रतिसेकेन्ड कति अपरेशन गर्न सक्छ भन्ने हुन्छ। यो कम्प्युटर बनाउन ३९० मिलियन डलर खर्च हुन्छ।

एसआर-७१ ब्ल्याकबर्ड – सबैभन्दा तेज विमान

worlds fastest  plane 1

३५२९ किलोमिटर प्रतिघण्टाको गतिमा एसआर-७१ ब्ल्याकबर्डले विश्वको सबैभन्दा तेज विमानको रेकर्ड राखेको छ। वर्षौं पुरानो यो विमानको रेकर्ड अहिलेसम्म कुनै पनि विमानले तोड्न सकेको छैन।worlds fastest  plane 2

यो विमानको डिजाइन र इन्जिनको कारण यति छिटो उड्नसक्ने भएको हो। यो विमानलाई हावालाई राम्रोसंग काट्नसक्ने साथै पर्याप्त हावा इन्जिनमा पुग्ने गरि डिजाइन गरिएको छ।

यो पनि पढ्नुहोस्।

विश्वका १० सुन्दर दृश्य भएका विमानस्थलहरू (तस्विर सहित)

सबैभन्दा बढी कमाउने विश्वका १० महिला खेलाडी (फोटो फिचर)

विश्वका १० चतुर जनावर