बलात्कारलाई गम्भीर अपराधको रुपमा लिइएपनि हरेक देशका आ-आफ्नै नियम हुन्छन् । र बलात्कारीलाई सजाय दिने तरिका पनि फरक नै हुन्छन् । नेपाल भारतजस्ता देशमा भने बलात्कारीलाई आजीवन कैदको व्यवस्था छ ।

इजिप्ट -इजिप्टमा बलात्कारीको लागी एकदमै कडा कानुन छ । जहा बलात्कारीलाई कदै होइन मृत्युदण्ड नै दिइन्छ ।

उत्तर कोरिया- उत्तर कोरियामा बलात्कारीलाई सिधै गोली हानेर मारिन्छ ।

चीनमा पनि बलात्कारीकोलागि एक मात्र सजाय मृत्यु हो । विना सोधपुछ बलात्कारीलाई मृत्युदण्ड दिइन्छ । कतिपय अवस्थामा भने निर्दोषले पनि ज्यान गुमाउने गर्छन्।

अफगानिस्तान – यहाँ यदि बलात्कारीको प्रमाण भेटियो भने ४ दिनभित्रमै अपराधीलाई मृत्युदण्ड दिइन्छ । अथवा गोली हानेर मारिन्छ ।

फ्रान्स –यहाँ भने बलात्कारीलाई कैद सजाय गरिन्छ। कैद सजाय १५ देखि ३० वर्षको हुन्छ।

इरान -बलात्कारीलाई मृत्युदण्ड त दिइन्छ नै तर तरिका भने अलग छ । अधिकासं मुद्धमा अपराधीलाई फाँसी दिइन्छ। होइन भने ढुंगामुढा हानेर तड्पाई तड्पाई मारिन्छ ।

अमेरिकाको कानुनअनुसार बलात्कारीलाई जन्मकैदको सजाय दिइन्छ ।

साउदी अरब-यस देशमा इस्लामिक कानुनलाई मान्यता दिइएको छ । यहाँ जुनसुकै अपराधीलाई मृत्युदण्ड दिइन्छ । बलात्कारीको घाँटी रेटेर दण्ड दिइन्छ।

इजरायलमा भने महिलामाथी हुने जबरजस्ती, बलात्कार लगायतका महिला हिंसा गर्नेलाई १६ वर्षसम्म कैद सजाय गरिन्छ।