एजेन्सी । विश्व स्वास्थ्य संघ डव्ल्यु एचओ को ताजा विवरण अनुसार विश्वभरका करिब ३० करोड भन्दा बढि व्यक्ति डिप्रेशनबाट ग्रसित छन् ।

depression girlसंयुक्त राष्ट्रसंघले विश्व स्वास्थ्य दिवसको अवसरमा शुक्रवार नै यो तथ्य सार्वजनिक गर्दै भनेको छ, ‘यो आँकडा विश्वका सबै राष्ट्रको लागि एक चेतावनी हो । यसलाई सबैले मनन गरि समस्या समाधान तिर लाग्नुपर्दछ ।’

यसका अनुसार डिप्रेशनका कारण ग्रसित हुनेको संख्या सन् २००५ देखि २०१५ सम्ममा १८ प्रतिशतले बढेको हो । रिपोर्टका अनुसार आत्महत्या गर्नेको संख्या पनि दिनानुदिन बढ्दै छ ।