एजेन्सी ।

चिली र अर्जेन्टिना जोड्ने सडकखण्ड लस काराकोल्स भन्ने ठाँउमा पर्दछ। पहाडको बिच सुन्दर घुम्ती नै घुम्ती भएको यो बाटोलाई ‘हेयर पिन बेन्ड हाइवे’ भनिन्छ। १० हजार ४१९ फिटको उचाइमा भएको यो सडकखण्ड बरफ पर्नाले ६ महिना त बन्द नै हुन्छ। २५ किलोमिटर सम्मको लामो खण्डमा सुरक्षाको लागि कतै बार छैन।

चिली र अर्जेन्टिनाको करिब ८००० किलोमिटर बोर्डर साझा छ। धेरैजसो सडक एन्डिज पर्वत श्रिङ्खलाको माथीबाट जान्छ। यी दुई देशको बीच ४० ठाँउमा क्रसिङ बनाइएको छ। यी सडकहरु मध्ये यो लस काराकोल्सको बाटो नै सबैभन्दा अनौठो मानिन्छ। यहाँ हेर्नैको लागि मात्र पनि दिनमा हजारौं मानिस पुगेका हुन्छन ।

केहि अध्ययन अनुसार यो सडकलाइ दुनियाँको सबैभन्दा खतरनाक सडकको रुपमा पनि लिइन्छ। तर यो सडकमा दिनहुँ ठुलो सङ्ख्यामा सवारी साधन कुद्छन्, चिलीको राजधानी सान्तियागो र अर्जेन्टिनाको मेंडोजाको जोड्ने यो नै प्रमुख सडक हो।

यस्तो छ हेयर पिन बेन्ड हाइवे..

Hair Pin Bend Highway dangerous road in america (6) Hair Pin Bend Highway dangerous road in america (7) Hair Pin Bend Highway dangerous road in america (8) Hair Pin Bend Highway dangerous road in america (1) Hair Pin Bend Highway dangerous road in america (2) Hair Pin Bend Highway dangerous road in america (3) Hair Pin Bend Highway dangerous road in america (4) Hair Pin Bend Highway dangerous road in america (5)

आङै सिरिङ्ग हुने संसारका १२ खतरनाक सडक, झिमिक्क गर्यो कि ज्यान गयो

आङै सिरिङ पार्ने रसियाको हतियार प्रदर्शनी (तस्बिर र भिडियो)