युएफसी (अल्टिमेट फाइटिंग च्याम्पियनशिप) मा रोन्डा राउसीको अर्को फाइट २०१५ कै नोभम्बर १५मा अष्ट्रेलियाको स्टेडियममा हुनेछ। यो फाइटको निकै ‘डिमान्ड’ रहेको बताइन्छ। फाइटको लागि सबै टिकट पनि बिकिसकेको छ। यो खेलमा फाइटको साथ साथै ग्याल्मर पनि देख्न पाइने भएकाले यसको निकै डिमान्ड बढेको हो। साथै यो खेल भइरहदा एक अर्की ‘ब्युटी क्वीन’ पनि रिङ गर्लको रुपमा देखिनेछिन्।

Arianny-Celeste (7)

बक्सिङ वा कुनै ‘फाइट’ गरिने खेलमा एउटा राउण्ड सकिएपछि जसमा फाइटको राउण्ड नम्बर लेखिएको हुन्छ अर्थात ब्यानर लिएर आउने मोडललाई रिङ गर्ल भन्ने गरिन्छ। अष्ट्रेलियामा हुने गइरहेको यो खेलमा रिङ गर्लको रुपमा देखिनेछिन् विश्वकै सबैभन्दा महंगी रिङ गर्ल ‘एरेनी कैलेस्टे’।

Arianny-Celeste (2)

सबैभन्दा महंगी रिङ गर्ल
एरेनी विश्वकै सबैभन्दा महंगी रिङ गर्ल हुन। उनको वार्षिक कमाइ करिब ५० हजार डलर छ। यो कमाइमा उनको मोडलिङ अनि फाइटमा पाइने अतिरिक्त पैसा जोडिएको छैन। उनी विश्व चर्चित पत्रिका ‘प्ले ब्वाय’ को टप मोडल पनि हुन्। खेल भइरहेको बेला दर्शकहरु फाइटर खेलाडीको भन्दा उनको नाम लिएर चिच्याउने गर्दछन्।

Arianny-Celeste (4) अब हुन गइरहेको यो खेलमा रोन्डा राउसी र होली होम बीच फाइट पर्नेछ। यी दुवै खेलाडी सुन्दरी खेलाडीहरुमा पर्दछन् साथै खतरनाक पनि। रोन्डा त केही सेकेन्डमै आफ्ना विपक्षीलाई धुलो चटाउने खुबी राख्छिन्। उनको अन्तिम फाइटमा बेथे कोरियालाई केबल ३४ सेकेन्डमा नक आउट गरिदिएकी थिइन।

को हुन एरेनी कैलेस्टे?

Arianny-Celeste (3)
एरेनी रिङ गर्ल, मोडल अनि टिभी होस्ट हुन। सन् १९८५ नोभेम्बर १२ मा लस भेगसमा जन्मेकी एरेनीको वास्तविक नाम पनेलोप लोपेज हो। युएफसीले उनको सुन्दरताबाट निकै प्रभावित भएकाले उनलाई निकै पारिश्रमिक दिएर रिङ गर्लको रुपमा राख्यो।

लेडी अफ द डे

Arianny-Celeste (5)
म्याक्सिम, एफएचएफ, फाइटर्स वन्ली म्यागजिन र प्लेब्वायको कयौं अंकको कभर पेजमा फोटो छापिने एरेनीलाई स्पोर्ट्स इलुस्ट्रेटेडले ‘लेडी अफ द डे’ को ‘टाइटल’ प्रदान गरेको थियो। त्यसपश्चात स्पोर्ट्स इलुस्ट्रेटेडको कभर पेजमा पनि उनको तस्बिर छापिएको थियो। सन् २००८ देखि २०१५ सम्म लगातार उनले ‘रिङ गर्ल अफ द इयर’ को उपाधि पनि जित्दै आएकी थिइन।

व्वायफ्रन्डलाई पिटेर जेल

Arianny-Celeste (1)
एरेनीले सन् २०१२ मा उनकै ब्वायफ्रन्ड प्रवीण चन्द्रालाई पिटेकी थिइन। यसैकारणले उनले जेलको यात्रा पनि गरिन। त्यो पहिलो पटक भने थिएन। त्यो भन्दा पहिले पनि एकअर्कालाई पिटेको कारण दुवै जेल गएका थिए।

यो पनि पढ्नुहोस।
सुन्दर तर शक्तिशाली शरीर हुने महिला खेलाडी – फोटो फिचर