एजेन्सी।

मसानघाट हेर्न हरेक दिन पर्यटक आउलान्? कोही मान्छे किन मसानघाट घुम्न जालान्? विश्वको सबैभन्दा ठूलो मसानघाटन वादी-अल-सलम हेर्न हरेक वर्ष लाखौँ मानिस पुग्ने गर्छन् भन्दा अचम्म लाग्छ।largest-cemetery-31231914

इराकको नजफ शहरमा रहेको यो मसानघाटलाई ‘पिस भ्याली’ को नामले चिनिने गर्छ। आतंककारी, खासगरि आइएसआइएसको गढ मानिने यो देशमा यति आतंककारी आक्रमण हुन्छन् कि हरेक वर्ष दिन यो मसानघाटमा २०० भन्दा बढी मृत शरिर गाडिन्छ। largest-cemetery-273790214जब इराकको वातावरण शान्त हुने गर्थ्यो तब हेरक वर्ष यो मसानघाटमा ८०-१२० मृत शरिर गाडिने गर्थ्यो।largest-cemetery-2813914

यो पिस भ्यालीमा ५० लाख भन्दा बढी मृत शरिर गाडिएको छ। यो मसानघाट १ हजार ४८५ एकड जमिनमा फैलिएको छ। लगफल १४०० वर्षदेखि यो क्षेत्रेमा मृत शरिर गाडिदै आएको छ।

किन आउँछन् पर्यटक?largest-cemetery-335050914
यो मसानघाटमा शिया धर्मको धर्मगुरु इब्न अबी तालिबलाई गाडिएको छ। उनका लाखौ अनुयाई हेरक वर्ष त्यहाँ पुग्छन्। कयौ शिया धर्मावलम्बीको अन्तिम इच्छा मृत्यु पछि त्यहाँ गाडिने हुन्छ।

थप तस्बिर:

largest-cemetery-294775414 largest-cemetery-301375114 largest-cemetery-324714014 largest-cemetery-335050914 largest-cemetery-345376914

यो पढ्नुस्।
भिक्टोरिया सिक्रेटका १० हट मोडल
५० वर्ष पहिलेको फिल्मको लागि यसरी छानिन्थे नायिका