एजेन्सी । बेलायतमा एक बालिकाले आफू जिवित छँदै अदालतमा हालेको अनौठौ मुद्दा मरेपछि जितेकी छिन् । असाधारण क्यान्सर पीडित १४ बर्षीया बालिकाले आफ्नो मृत्यु पछि लासलाई फ्रिज गरेर राखिदिन माग गरेकी थिइन् ।

craonix1उनकी आमा उनको अन्तिम इच्छाको समर्थनमा थिइन् भने बाबु त्यसको बिपक्षमा । त्यसैले उनले अदालतमा मुद्दा हालिन र कानुनी लडाइँ जितिन् । उनको गएको अक्टोबरमै मृत्यु भइसकेको बीबीसीले जनाएको छ । अदालतले उनको लासबारे अन्तिम निर्णय गर्ने अधिकार उनको आमालाई नै दिएको हो ।

craonix

फैसलापछि उनको लासलाई फ्रिज गर्न अमेरिका लगिएको छ । यसरी लासलाई फ्रिजिङ गरेर राख्नुलाई क्रायोनिक भनिन्छ । यस प्रक्रियामा लासलाई शून्य देखि माइनस १ सय ३० डिग्री तापक्रममा राखिन्छ जसले गर्दा मस्तिष्क सुरक्षित राख्न सहयोग पुग्छ । यसमा पुरै शरीरलाई फ्रिज गरिएको हुन्छ ता कि लामो समयमा रोग निको भइसकेपछि मान्छे बाँच्न सक्ने संभावना रहन्छ ।

मर्ने बेलामा ति बालिकाले आफ्नो मुद्दा हेर्ने न्यायाधीशलाई चिठ्ठी लेखेर आफू लामो समय सम्म बाँच्न चाहेको भन्दै भनेकी थिइन्, ‘म जमिनमा गाडिन चाहन्न ।’ न्यायाधीश पीटर ज्याक्सन उनलाई अस्पतालमा भेट्न जाँदा उनले यो चिठ्ठी दिएकी थिइन् ।

craonix2

चिठ्ठीमा उनले भनेकी थिइन्, म भर्खर १४ बर्षको भएँ, म मर्न चाहन्न, तर म मर्ने वाला छु, तैपनि म लामो समय जिउन चाहन्छु, जुन क्रायोनिक्स प्रक्रियाबाट मात्रै संभव छ । उनले आफूलाई लागेको क्यान्सर भविष्यमा ठिक हुने र पुनर्जीवन पाउने आशा चिठ्ठीमा लेखेकी छिन् । जानकार हरुका अनुसार यदि सबै उपचार सफल भएमा उनले पुनर्जीवन पाउन दुई सय वर्ष लाग्न सक्छ ।

एक हजार बर्षपछि पृथ्वी रहँदैनः हकिङ्ग्स

न्यायाधीस पीटरले आफ्नो फैसलामा भनेका छन्, क्रायोनिक्स सही हो या गलत यो फरक विषय हो तर आमा र बाबु बीच छोरीको लासलाई के गर्ने भन्ने विषय चाहिँ महत्वपूर्ण मानेर फैसला गरिएको हो । उनले यस्तो प्रकृतिको मुद्दा विश्वकै पहिलो भएको हुन सक्ने पनि बताएका छन् ।
के हो क्रायोनिक्स ?
क्रायोनिक्स एक विवादित प्रक्रिया हो । अहिले मानिसहरुलाई यो विषयमा धेरै जानकारी छैन । यसमा लासलाई फ्रिज गरेर राखिन्छ र फेरि जीवीत हुन सक्ने संभावान रहन्छ । यो सुविधा अमेरिका र रुसमा मात्रै छ । जहाँ लासलाई नाइट्रोजनमा धेरै कम तापक्रममा सुरक्षित राखिन्छ । यो प्रक्रियाका लागि ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बीबीसीले जनाएको छ ।