२४ चैत, काठमाडौं ।

पोखरामा बिषालु च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा लेखनाथ महानगरपालिका—१६ लामाचौर बस्ने ६० वर्षीया माईली तामाङ, उनकी छोरी १९ वर्षीया मनमाया तामाङ, मनमायाका छोरा ८ वर्षीया सोनाम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

च्याउ खाएर बिरामी परेका मनमायाका अर्का छोरा १२ वर्षीया आयुषको अहिले कान्ति बाल अस्पताल काठमाण्डौंमा उपचार भईरहेको भनाई छ ।