४ जेठ, बोगोटा । कोलम्बियाको उत्तरी सहर क्यार्टागेनामा बुधबार भएको एक विस्फोटनमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । सो विस्फोटमा परी अन्य २३ जना घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ ।

राज्यद्वारा सञ्चालित पानी जहाज बनाउने कारखानामा रहेको एउटा ट्याङ्कर विस्फोटन भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

सो घटनामा परी मृत्यु भएका मध्ये तीन जनाको घटनास्थल मै मृत्यु भएको थियो भने, अरु तीन जनाको अस्पतालमा मृत्यु भएको हो ।

घाइतेमध्ये अधिकांशको शरीर जलेको छ । उनीहरु सबैलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । रासस/सिन्ह्वा