४ असोज, काठमाडौं । वीरगञ्ज महानगरपालिकाको ताजा मतपरिणाम सार्वजनिक भएको छ । जसमा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार राजेशमान सिंहले आफ्नो अग्रता कायम गरेका छन् ।

उनले १६ सय ८३ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेपाली काँग्रेसका उम्मेदवार अजय द्विवेदीले १४सय ७५ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेको संघीय समाजवादी फोरमका उम्मेदवार बिजय सरावगीले ७ सय ९०, माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारीले ६ सय २६ र एमालेका उम्मेदवार बसरुद्धिन अन्सारीले ५ सय ५७ मत ल्याएका छन् ।