४ असोज, काठमाडौं ।

वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । परिणाम अनुसार राजपाका मेयरका उम्मेद्वार राजमान सिंहले १ हजार २३९ मतका साथ अग्रस्थानमा छन । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका अजय द्विवेदीले ९६३ मत ल्याएका छन ।

त्यस्तै, संघिय समाजवादी फोरमका विजय सरावगीले ४७३ मत ल्याएर तेस्रो स्थानमा रहेका छन भने माओवादी केन्द्रका रहबर अन्सारी ४०९ मतका साथ चौथो स्थानमा छन ।

यसैगरी, उपमेयरमा पनि राजपा ले नै अग्रता हात पारेको छ । राजपा की रम्भा मिश्र ७०१ मतका साथ अगाडि छन भने कांग्रेसकी शान्ति कार्की ले ६७३ मतका साथ उनलाई पच्छ्याइरहेकी छन ।