४ असोज, काठमाडौं ।

वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । परिणाम अनुसार राजपाका मेयरका उम्मेद्वार राजमान सिंहले १ हजार २७१ मतका साथ अग्रस्थानमा छन । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका अजय द्विवेदीले १ हजार ६३ मत ल्याएका छन ।

त्यस्तै, संघिय समाजवादी फोरमका विजय सरावगीले ५८२ मत ल्याएर तेस्रो स्थानमा रहेका छन भने माओवादी केन्द्रका रहबर अन्सारी ४४५ मतका साथ पाँचौं स्थानमा पुगेका छन । चौथो स्थानमा एमालेका उम्मद्वारले ४६५ मत सहित आफ्नो स्थान सुरक्षित गरेका छन ।

यसैगरी, उपमेयरमा पनि राजपा ले नै अग्रता हात पारेको छ ।

राजपाकी रम्भा मिश्र १ हजार २४३ मतका साथ अगाडि छन भने कांग्रेसकी शान्ति कार्की ले १ हजार १ सय ३४ मतका साथ उनलाई पच्छ्याइरहेकी छन ।