९ असोज, काठमाडौं । वीरगंज महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म झण्डै ६२ हजार मत गणना भइसक्दा संघीय समाजवादी फोरमका उम्मेदवारले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।

६१ हजार ६ सय ४३ मत गनिसक्दा फोरमका प्रमुख पदका उम्मेदवार बिजय सरावगीले १४ हजार ३ सय १२ मत प्राप्त गरेका छन् । उनको पछिपछि रहेका नेपाली काँग्रेसका उम्मेदवार अजय द्विेदीले १३ हजार ३ सय २८ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका राजपा नेपालका राजेशमान सिंहले ८ हजार ९ सय २२, नेकपा एमालेका बसरुद्धिन अन्सारीले ६ हजार ७ सय ९४, माओवादी केन्द्रका रहबर अन्सारीले ६ हजार ३ सय २८ र नेपाल लोकतान्त्रिक फोरमका बिमल श्रीवास्तवले ५ हजार ५ सय ५ मत प्राप्त गरेका छन् ।
उपप्रमुख पदमा भने नेपाली काँग्रेसकी उम्मेदवार शान्ति कार्की फोरम उम्मेदवारभन्दा झण्डै २ हजार मतले अगाडि रहेकी छिन् । कार्कीले १५ हजार १ सय १३ मत ल्याउँदा फोरमकी पिङ्की यादवले १३ हजार ३ सय ६३ मत ल्याएकी छिन् ।

एमालेकी सोफिया आचार्यले ७ हजार ९ सय ३६, राजपाकी रम्भा मिश्रले ७ हजार ६ सय ६० र फोरम लोकतान्त्रिककी रिङ्कु द्वीले ४ हजार ४ सय ८४ मत ल्याएकी छिन् । ८४ हजार मत खसेको वीरगञ्जमा अब २२ हजारको हाराहारीमा मत गन्न बाँकी रहेको छ ।