९ असोज, काठमाडौं । वीरगञ्ज महानगरपालिकामा संघीय समाजवादी फोरम नेपालले अग्रता बढाउँदै लगेकोछ । ६५ हजार मत गणना सकिँदा सम्म फोरम नेपालका प्रमुख पदका उम्मेदवार बिजय सरावगीले १ हजार ३ सय ७८ मतको अग्रता बनाएका छन् ।

पछिल्लो पटक सार्वजनिक मतपरिणाम अनुसार सरावगीले १५ हजार ६ सय ३५ मत ल्याएका छन् । काँग्रेसका अजय द्विेदीले १४ हजार २ सय ५७ मत प्राप्त गर्दै सरावगीलाई पछ्याइरहेका छन् ।

राजापका उम्मेदवार राजेशमान सिंहले ९ हजार ५ सय ८२, नेकपा एमालेका उम्मेदवार ७ हजार ३ सय ३२ र माओवादीका रहबर अन्सारीले ७ हजार १ सय ३२ मत प्राप्त गरेका छन् ।